logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

निराश भएका नागरिकलाई त्राण भर्ला त यो सरकारले ?


  • जन आकाश
  • बुधबार, पुष २० २०७९

मोहन कार्की ।
काठमाडौ । नेपालमा भरखरै नयाँ सरकार गठन भएको छ । नेपालीहरु हरेक क्षेत्रमा देखिएका बिकृतिको कारण निरास र मलिन अनुहार लियर हिड्न, बस्न, काम गर्न बाध्यछन् । कुनै,काही कोही समयस्या परेमा सावधानको बिकल्प हुनछाडेको दशकौ भईसकेको छ । न्याय हराएको छ । सत्य मरेको छ । कामगरी खानेहरुको रोजगार खोसिएको छ । लगानी गरेर व्यापार व्यबसाय गर्नेहरु लगानी खेर गयर बैकवाट ऋय लियर भएपनि व्यवसाय चलाएका छन् । त्यही बैंकको ऋण तिर्न नसकेर छटपटाईरहेका छन् । भएका उद्योग बन्द भईसकेका छन् । हजारौ युवा बेरोजगार भएर विदेश पलायन भइरहेका छन् । किर्षकले समयमा मल पायका छैनन् । जशो तसो किसानले फलायको अन्न, तरकारी, फलफुलको बजार सुनिश्चितता छैन । २ बर्षमा निर्माण गर्न शुरु गरेका भौतिक पुर्वधारहरु १० औ बर्षसम्म पनि बन्न सकेका छैनन् ।



दिनानुदिन देशवाट लाईन बसेर युवाहरु रोजगारको लागि विदेश जान बाध्य छन् । देशभित्र नै खेलकुद, पर्यटन, कृषि, जलविद्युत, उद्योग, व्यापार, खनीज पदार्थहरुको उत्खनन् गरी देशलाई आत्मनिर्भर हुने काम कुनै काही थालिएको छैन । कतै कतै थालिएको भएपनि लक्ष्य भेटिनेगरी काम कतै पनि भएको छैन । देशका कुना कुनामा उद्योग कलकारखाना खोलेर सवै नागरिकहरुलाई रोजगार बनाउने सपना सपनामा मात्र सिमित छ । वास्ताबमा भने नागरिक अभावै अभावमा बाचिरहेका छन् । बेरोजगार छन् । अभावमा,महगीकोभारले थिचेरे निसासियर बाचिरहेका छन् ।

यस्ता समस्याहरु आज मात्र नभएर प्रजातन्त्र स्थापना भएको २००७ सालपछि ल्याईएको उन्नत जातको मक्कैको बिउ जस्तै ठुला बोट हुने मक्कै नफल्ने परिवर्तन नामको व्यवस्था आउने तर नेपालीहरुले सोचेको प्रजातन्त्र, लोकतन्त्र र यिनै तन्त्रभन्दा पनि उत्कृष्ट चाहियो भनेर हजारौ नेपाली आमाका छोराछोरीलाई गणतन्त्रको नारा दिएर सम्झौता गरी लोकतान्त्रिक गणतन्त्र लेख्न सफल तर व्यवहारमा बिचौलियातन्त्र जस्तो देखिने व्यवस्थामा जनताले दुख व्यहोरीरहेकै छन् ।

यी व्यवस्थाहरुमा पटक पटक गरी धेरै पटक प्रधानमन्त्री हुने कोही एकदुई पटक हुने पार्टीको सभापति, अध्यक्ष, महासचीव, यीमध्य कालगतीले मृत्यु भएकमा मात्र अर्कोले अवसर पाउने नभए त्यही व्याक्तिनै घुमिफरी आलो पालो सरकारमा गइरहने पार्टीहरुका नेता नै हुदै आएका छन् ।

देशको समयस्याको सवाधान गर्न विगतमा किन गर्न सकेनन् ?
यस्ता समस्या सरकारमा पुग्ने महत्वपुर्ण पद लिने नेतृत्वहरुलाई थाहा नभएर हो कि थाहा पायर पनि नगरेका हन् । धेरै जति मानिसहरुको तर्क थाहा पायर पनि नगरेका हुन् भन्ने रहेको छ ।

त्यसकारण विगतमा पनि प्रधानमन्त्री दुईपटक भईसकेका पुष्पकमल दाहालले यो विकराल देशको समस्या सावधान गर्न सक्लान् ? धरै प्रश्न बनेको छ ।
जनयुद्धको वेला विदेशी शक्तिको आडमा जनयुद्ध घोषणा गरेर आफ्नै दाजुभाई मारेको आरोप लगाउने शक्तिलाईं जवाफ दिन, माओको सिद्धान्त नाम जोडियर आएको माओवादी पार्टी, त्यही पार्टीले जनयुद्धताका जनताका विचमा बाडेका सपना , गायक गीत, देश विकास र आमुल परिवर्तनको लागि युद्धमा लडाई लड्न जान दिएको निर्देशन र त्यही निर्देशनका कारण हजारौ हजार सहिद भएका ति निस्वार्थी कार्यकर्ताको बलिदानले यो अवस्थामा आईपुगेका प्रचण्ड यानकी हालका देशका प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा भईरहेको बेतिथि हटाउन सक्लान् ?

सम्राज्यवादी शक्ति विरुद्ध नारामा, भाषणमा विरोध गरेको ईतिहास बोकेको माओवादी पार्टी तर शान्ति प्रक्रियामा आईसकेपछि धेरै कुराहरुमा चुकेको र सरकारमा जान दुईपटक त नेपाली काँग्रेससँग टासिएको आरोप छ । भने अर्को तर्फ एमसिसि पास गर्न भुमिका खेलेको आरोप समेत लागेको छ । जसमा अमेरिकाको समकालीन प्रतिस्पर्धी चीनले निवर्तमान गठबन्धनको सरकारले त्यो काम गरेको भन्ने आसय राखेको छ र चीनले एमसिसि बिरुद्ध सोझो भाषामा नभनेपनि नेपाललाई दवाव दियर हैकमवाट नलाद्न भनेर अमेरिकालाई पत्रकार सम्मेलन समेत सार्वजानिक गरेको थियो ।

त्यस्तै राष्ट्रिय अन्तराष्ट्रिय रुपमा नेपालको कुटनैतिक सम्बन्ध बिग्रेको अवस्था छ । यि बिग्रेका सम्बन्धलाई सुधार गर्न स्वस्थ प्रतिस्पर्धावाट योग्य, दक्ष कुटनैतिकहरुको नियुत्ति गरी अर्थात राजदुतहरु पठायर अन्तराष्ट्रिय सम्बन्ध सुधार गर्न सक्छन् ?

बढ्दो महगीले थलिएका जनतालाई महगी बढ्नुको कारण खोजेर महगी नियन्त्रण र काला बजारी साथै घर बहाल कर समेत मुगुको एउटा मानिस अवसर खोज्ना काठमाडौको आई व्यवासय गर्नुप¥यो भने घरबहाल कर समेत त्यो समान्य आय भएको व्यक्तिले तिर्नुपर्छ त्यसको नियमन गरेर समान्य नागरिकले व्यवासय गर्ने वातावरण बनाउन, काला बजारीलाई कारवाही गर्न, मार्षिक थोरै भन्दा थोरै रकमले पनि मानिस बाच्न सक्छन् भन्ने सामाजिक न्यायमा आधारित तरिका अपनाउने काम गर्न सक्छन ?
बेरोजगार युवाहरुलाई देशमा नै रोजगार बनउन अरु केही नसके पनि जलविद्युतलाई आवश्यक पर्ने सवै खालका पाटपुर्जा नेपालमा उत्पादन गर्ने काम गर्न सक्छन् । ?

तमाम अनेकौ प्रश्नै प्रश्नको धेरामा उभिएका तर नयाँ प्रधानमन्त्री भनिएपनि तेस्रोपटक प्रधानमन्त्री कुर्सीमा बसेका पुष्पकमल दाहाल र सरकारमा सम्मिलित पार्टीका निकायहरुले सास जानै लागि सकेको देशका जनतालाई त्राण भर्लान् । आम मानिसको प्रश्न बनेको छ । उत्तर कसरी आउछ , काम कसरी हुन्छ यो सरकारको भावि दिनले नै निर्धारण गर्ला !

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend