logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

आत्मदाह गरेका प्रेम आचार्यलाई सहिद घोषणा गर्न माग


  • जन आकाश
  • बिहिबार, माघ १२ २०७९

 



काठमाडौँ । मंगलबार संसद भवन अगाडि आत्मदाह गर्ने इलामको सुर्योदय नगरपालिका वडा नम्बर ११ का प्रेमप्रसाद आचार्यलाई सहित घोषणा गर्न आचार्य बन्धु समाज–नेपालले माग गरेको छ । समाजका महासचिव बाबुराम आचार्यले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

सचेत र शिक्षित नागरिक समेत भएकाले केही उनले मानेका अग्रजलाई भेटेर आफ्नो र देशको समस्या समाधान गर्ने उपाय खोज्ने प्रयास गर्दा त्यो समेत असफल भएपछि बुधबार देशको केन्द्रीय राजधानी काठमाडौंको नयाँबानेश्वरमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मादह प्रयास गरेका प्रेम आचार्यको निधन भएपछि तत्काल सहीद घोषणा गर्नुपर्ने आचार्य समाज माग गर्दछ । देशका लागि बलिदानी दिएका हजारौं सहीदभन्दा प्रेम आचार्यको योगदान पनि कमी छैन ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend