जन आकाश
कााठमाडौ । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल बुधबारदेखि १७ वर्षमा प्रवेश गरेको छ। अल्का अस्पताल २०६३ साल फागुन ३ गतेदेखि संचालनमा आएको थियो। वार्षिक उत्सवको अवसरमा अल्का अस्पतालले बुधबार आफ्ना सबै सेवाहरुमा ३० प्रतिशत छुटको ब्यवस्था गरेको छ।
वार्षिक उत्सवको अवसरमा अस्पतालका सञ्चालक तथा अध्यक्ष कुमार थापाले बिरामीहरुको उपचारमा कुनै पनि कन्जुस्याई नगर्ने बताउनुभयो। आगामी दिनमा अस्पताल स्तरउन्नति र सेवा विस्तार आफूहरुको प्रमुख प्राथमिकतामा रहेको बताउनुभयो। आफ्ना सम्पूर्ण सेवाग्राहीहरुले गरेको विश्वास स्मरण गर्दै सबैलाई धन्यवाद समेत दिनुभएको छ ।
अल्का अस्पतालले नयाँ नयाँ प्रविधि भित्र्याएर बिरामीलाई सेवा दिँदै आइरहेको छ। टेष्ट ट्युब बेबी सेवा, प्रसूति तथा महिला रोग सेवा, डाइबेटिज, बालरोग, मुटुरोग, नशा, बाथ रोग, यौन तथा छालारोग, ग्यास्ट्रोलोजी, रेडियोलोजी, आँखा, नाक, कान, घाँटी, दाँत रोग, युरोलोजिस्ट, कलेजो रोग, एनेस्थेसिया लगायतका विशेषज्ञबाट अस्पतालले बिरामीलाई सेवा दिइरहेको छ। अल्का अस्पतालमा सुविधा सम्पन्न ल्याव र आफ्नै नसिर्ङ कलेज छ। वार्षिक उत्सवको अवसरमा अल्का अस्पतालले रक्तदान कार्यक्रम आयोजना गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend