logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

आइएमई पे को पे विथ लिंक बैंक सुविधा


  • जन आकाश
  • आइतबार, फाल्गुन १४ २०७९

 



काठमाडौँ। आइएमई पे ले पे विथ लिंक बैंक सुविधा थप गरेको छ । यो सुविधा अन्तर्गत अवदेखि हरेक बैंक प्रयोगकर्ताहरूले आफ्नो बैंक लिंक गरि आइएमई पे मार्फत सजिलै विभिन्न भुक्तानी सेवाहरू प्राप्त गर्न सक्नेछन्  । यो सेवा प्रयोग गर्ने सेवाग्राहीहरूले बैंक लिंक गरे वापत रू. १००/- र बैंक लिंक गरिसकेपछि प्रत्येक भुक्तानीमा क्यासब्यकका अतिरिक्त विभिन्न अवार्डहरू पनि प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको छ ।

टपअपको भुक्तानीमा ५ प्रतिशत क्यासब्याक, क्यूआर भुक्तानी एवम् क्यूएफएक्सको मुभी टिकटमा क्यासब्याकका साथै एयरलाइन्सको टिकट खरिदमा रू. २ सय ५० देखि ७ सय सम्मको क्यासब्याक बैंक लिंक गरि कारोबार गर्दा प्राप्त हुनेछ । थपिएको यस सेवाले बैंक प्रयोगकर्ताहरूलाई लिंक बैंकबाट नै सजिलोसँग भुक्तान गर्न मिल्ने विशेषता प्रदान गर्दछ । भने ठूलो रकमको भुक्तानीमा पनि सिधैं पे विथ लिंक बैंक छनोट गरि भुक्तान गर्न सकिन्छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend