जन आकाश
नेपालमा कुनै यस्तो क्षेत्र होस् की जाहा समस्या नहोस् तर सवै क्षेत्रमा समस्या मात्र सुन्न पाइन्छ । भने भोग्नेले समस्याको भु्रगोमा डढ्दै गरेको देखिन्छ । समस्यासँग जुद्न सक्नेहरु त समाजमा सकी नसकी जुदिरहेकै छन् । साहास र आट नहुनेहरु प्रेम आचार्य जस्तै बाटो खोज्दैछन् । कतै सम्भावनाका आशाहरु देखिन छाडेका छन् । आर्थिक रुपमा बिपन्न हुनेहरुले बाच्न पाउने अधिकार समेत कुष्ठित हुन थालेको छ ।
रोजगार कतै सृर्जना हुदैन भएका रोजगार खोसिन्छन् । उधोग बन्द हुन्छन् । मजदुरले तलव पाउदैनन् । नेपालका मालिक भनिएकाहरु सस्तोमा काम लगाउन लालयित छन् । शिक्षा, स्वास्थ्यमा नीजि क्षेत्रलायई बढावा दिएर सरकारी हस्पिटलमा काम गर्ने डाक्टरको छोराछारी नीजि अस्पतालमा उपचार गर्न पठाउछन् । सरकारी स्कुलमा पढाउने शिक्षक शिक्षिकाहरुको छोराछारी वोडिङ स्कुलमा पढ्न पठाउछन् । यस्तो देशमा शिक्षा र स्वास्थ्यमा बेतिथि नभएर अन्त काहा हुन्छ त ?
नेपालमा भएका केही उद्योगमा भारतीय नागरिकलाई ल्याएर काम लगाउछन् । नेपालका मजदुरलाई बिदेश धपाउछन् । नेपालीले फलाएको तरकारी फलफुल बजारको व्यावस्था नभएर बारीमा कुहिन्छ । भारतीय तरकारी हिमालको गाउँसम्म सजिलै पुग्छ । यस्तो प्रबृति हावी भएपछि किसानले बारी बाजो राखे भनेर दोष किन दिनु ?
नेपाली युवाहरु विदेशमा गयर भेडा चराउछन् । नेपालका खर्कहरु चित्री उम्रियर बसेका छन् । धान फल्ने ठाउमा सरकारी जग्गा भन्दै रुख रोपेर बन बढाउन विदेशी आईएनजियो र वनका कर्मचारी डलर आउने लोभमा काम गर्छन् । अन्न नफल्ने ठाउको जङगलको सरक्षण कुनै आइएनजिओलाई मतलव छैन । अन्न अपुग भएर विदेशवाट किनेर खानुपर्छ । देशको पैशा विदेश नै जान्छ । अनि आर्थिक टाट नपल्टियर अमरपुरी भइन्छ त ?
खुट्टामा लगाउने मोजा देखि शिरमा लाउने टोपीसम्म विदेशले बनाएर पठाउछ । पशुपतिनाथ र बौद्धको प्रसादको रुपमा प्रयोग गर्नें माला, मिठाई समेत विदेशवाट आयात गर्ने देशले अरु के प्रगति गर्ला ?
नेपाली व्यवासायीहरुले कुनै व्यावसाय सञ्चालन गर्न सरकारी कार्यलयमा पुग्नुप¥यो भने कर्मचारीले एउटा पानालाई दशतिर पल्टायर टाइम पास गर्ने र एयटा सानो अक्षर नमिलेको नाममा अल्झाउने माकुराको जालो जस्तो झाडी कर्मचारी संयन्त्र त्याही सरकारी निकायमा विदेशी अर्थात भारतीय नागरिकहरु जसले नेपालका बैक डुबाउदै भागेका उदारण हुदाहुदै पनि तिनको थोरै घुस पाउदा छिटो काम गरिदिने तर नेपाली नागरिकले घुस नदिदा काम ढिलो गर्ने चलनले आजित व्यवसाय गर्न निरत्साहित बनाउने अनि ति नेपाली विदेश नगएर काहा जाउन् त !
उद्योग खोल्यो खोल्न पाएको छैन । राजनीतिक पार्टीका भातृ संगठन स्थापना गरेर त्यो पनि त्यही कारखानमा काम गर्ने मजदुरले संगठन खोलेको भएपनि सहुला व्याहोरुला भन्ने हुन्थ्यो बाहिरवाट मजदुर नेताको नाममा आउने झुण्डले काम नगरी तलव खान पाउनुपर्ने नियम लगाउछ । सरकारले लगाएको त लिखित नियम हुन्छ । मजदुरको नाममा हुने नियम काही उल्लेख हुनु नपर्ने उस्तै परे लगानी गरेको उद्योग छिनभरमा स्वाहा बनाउछन् । अनि कसरी बढ्छ उद्योग ?कसरी सृर्जना हुन्छ रोजगार ?
राणा शासनको पतनपछि कुनै खानी खोलिएका छैनन् । खोल्न खोज्यो की स्थानीय अधिकारका नाममा टोले हैकमवादीहरु जो काम गर्दैनन् सधै बजार आसपासमा बसेर झुक्याएर यस्तै अनेकौ वाहानामा ठगिखाना पल्केकाहरुले अवरोध गर्छन् । कथमकदाचित खानी खोतल्न थालियो भने वन विभाग भन्ने निकायले वातावरणीय कुरा गरेर अवरोध सृर्जना गरिहाल्छ । अनि यो देशमा खानीको उत्खनन् कहिले हुन्छ ?
नेपालमा औषधी विभाग छ । त्यस निकाय अन्तरगत थुपै काम गर्न सकिने ठाउहरु छन् । तर नेपालका अमुल्य जडिबुटी प्रशोधन गर्न केही उद्योग खोलिएको भएपनि नेपालमा बनेका औषधी कमिशनको खेलमा नेपालका अस्पतालहरुमा राखिदैन । तारकेट एरियामा नै नेपालका उत्पादनलाई प्रथामिमता दिदैन भने नेपालका उद्योग कसरी फस्टाउछन् र रोजगार सृर्जना गरुण । उद्योगको सञ्चालनको नाममा पाउने सुविधा जति भारतवाट नेपालमा व्यावसाय गरिबसेकाहरुले लिइरहेका हुन्छन् । तर तिनले उद्योग नेपालमा खोलेर झयाउ उमारेर राखेका हुन्छन् । खुल्ला सीमानाको फाइदा उठाउदै भारतीय वस्तु ल्याएर बेचेर उद्योगको सुविधा लान्छन् । यस्तो तरिकाले कसरी रोजगार सृर्जना हुन्छ ?
नेपालमा बढी २०० जना व्यापारी त्यसमा पनि २५ जना घरना भनिएकाहरुको हातमा सवैथोक जोडिएको छ । किनकी त्यही मान्छेले विदेशवाट गाडी ल्याएर बेच्ने टे«डिङ छ । उसैको उद्योग छ । उसैको बैक छ । उसैको इन्सुरेन्स कम्पनी छ । उसैको रक्सी उद्योग छ । उसैको मोवाइल बेच्ने टे«डिङ छ । उसैको निर्माण कम्पनी छ । उसैको इन्टरनेट कम्पनी छ । उसैको फाइनान्स छ । उसैको रिमिटयान्स कम्पनी छ । उसैको मिडिया कम्पनी छ । उसैको रियाल स्टेट छ । उसैको कृषि फार्म छ । उसैको तराइमा ५०० बिगाभन्दा बढी खेत उसैको छ । यस्ता सवै क्षेत्रमा बर्चश्व बनाएर बसेका मानिसले सरकारमा आउने जाने सरकारलाई पुतली झै नचाइरहन्छन् । किनकी चुनाव जित्न पैशा चाहिन्छ । त्यो पैशा यिनै २५ भाई मिलेर दिन्छन् र संसद, मन्त्री, प्रधानमन्त्री कसलाई बनाउने भन्दै योजना बनाउछन् । यस्तो देशमा समस्या नभएर के हुन्छ त ?
यस्ता समस्याहरु किन आए ? के के गर्दा यस्ता समस्या सावधान गर्न सकिन्छ ? खोज सरकार खोज । यस्ता समस्या खोज्न नसक्ने हो भने देशको अस्तित्व नै खतरामा पर्न सक्छ । परिवर्तनको नाममा कोशी,गण्डकी, महाकाली, टनकपुर गुमाइसकेकै छ । राष्टिय उद्योगहरु बन्द गराई सकेको छ । खानीहरु बन्द गरिसकेकै छ । खोलाहरु बन्दक बनाईसकेकै छ । युवाहरुलाई विदेश लखेटी सकेकै छ । बाकी रहेको नेपाल देशको नाम हो त्यो कसरी जोगाउने त्यो पनि चिन्ताको बिषय बन्दै गएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend