logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

आइएमई पे र सिटी एक्स्प्रेसवीच सम्झौता


  • जन आकाश
  • मंगलबार, फाल्गुन १६ २०७९

 



 

काठमाडौँ । आइएमई पे र सिटी एक्स्प्रेसवीच सम्झौता भएको छ । सम्झौता अनुसार विदेशबाट पठाइएको रेमिट्यान्स अब ग्राहक वर्गहरुले सिधै आइएमई पे वालेटबाट दावी गरी पाउन सक्नेछन् ।

सम्झौता ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम झन्झट् बिना प्राप्त गर्न मिल्ने उदेश्यका साथ गरिएको हो । यो सुबिधा केही समय पस्चात् लाईभ हुनेछ । र लागु गरे पस्चात् ग्राहकवर्गहले रेमिट्यान्स वालेट मै प्राप्त गर्न सक्नेछन् ।

आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ बमोजिम आई.एम.ई डिजिटल सोलुसन लिमिटेडले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा आइएमई पे’ प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आई.एम.ई डिजिटल सोलुसन लिमिटेड देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend