जन आकाश
म्याग्दी । म्याग्दीको बेनीनगरपालिका वडा नंं ३ मा सञ्चालित भकिम्लिी ग्रामिण कृषि सहकारी संस्था लिमिटेडका सञ्चालक र शेयर सदस्यहरुका लागि ३ दिने सहकारी बिहीवार सम्पन्न भएको छ ।
संस्थाका सञ्चालक समिति, शेयर सदस्य तथा कर्मचारीहरुलाई सहकारीका ऐन नियम, व्यवस्थापन लगायत वित्तीय साक्षरता र उद्देश्य अनुसार कारोबार सञ्चालनका विषयमा सचेतना प्रदान गर्नका लागि तालिम आयोजना गरिएको संस्थाले जनाएको छ ।
सहकारीका सदस्य, सञ्चालक र कर्मचारीहरुलाई सक्रिय, सचेत र प्रभावकारी रुपमा संस्थाको गतिविधिमा अगाडि बढाउनका लागि सञ्चालित तालिमबाट सबै उत्साहित भएको अध्यक्ष् ालालबहादुर पुनले जानकारी दिएका हुन् ।
तालिममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारीहरुले सदस्यहरुको चाहना र आवश्यकतालाई ध्यान दिएर योजना, कार्यक्रम र अभियान सञ्चालन गर्नु पर्नेमा जोड दिएका थिए ।
सदस्यहरुको माग एउटा छ, सदस्यहरुको चाहना एउटा छ, सहकारीले अर्कैतिर काम गरेका कारण सहकारी प्रति सदस्य लगायत आम समुदायको चासो कम देखिएको छ, जिसीले धारणा राख्ने त्रममा –‘सहकारीहरुले योजना निर्माण गर्दा वा कार्यक्रमहरु बनाउदा सदस्यहरुलाई बढी भन्दा बढी सहभागी गराउने, उनीहरुको सल्लाह सुझावहरु लिएर बनाउन सकेमा लक्ष्य अनुसार काम गर्न सकिन्छ ।’
सहकारीको प्रवद्र्धन गर्ने, विकास गर्ने र संरक्षण गर्ने काम सदस्यहरुको भएकाले सदस्यहरुलाई नियिमत शिक्षा र प्रभावकारी सम्वाद आवश्यक रहेको जिसीले भनाई राखेका थिए ।
संस्थाका अध्यक्ष लालबहादुर पुनको अध्यक्षतामा भएको समापन कार्यक्रममा बेनी नगरपालिका वडा नंं. ३ का वडा सदस्य रत्न बहादुर जिसी, संस्थाका उपाध्यक्ष पूर्ण बहादुर घर्ति मगर, सचिव पूर्ण कुमारी घर्ति मगर लगायतले तालिमले सहकारीको थप व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा लिएको बताएका थिए ।
कार्यक्रमको सञ्चालन संस्थाका प्रवन्धक खिमबहादुर पुनले गर्नु गरेका थिए । उनले बिच बिचमा उत्साहित हुने खालका शब्दहरुले उपस्थितलाई हौशाएका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend