जन आकाश
काठमाडौ । संस्थागत परामर्शदाता रुपमाकार्य गर्नका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र शैलेश्वरी पावर नेपालप्रा.लि.बीच सम्झौता भएकोे छ । उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र शैलेश्वरी पावर नेपालप्रा.लि.को तर्फबाट प्रबन्ध निर्देशक जगदिश बहादुर पालले हस्ताक्षर गरेका छन् ।
शैलेश्वरी पावर नेपाल प्रा.लि पब्लिक कम्पनीमा परिवर्तन भएपश्चात लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले प्राथमिक शेयर निष्काशनको कार्य समेत गर्र्नेछ । डोटी जिल्ला पूर्वी चौकी गाउँपालिकास्थित शैलेश्वरी पावर नेपाल प्रा.लि. प्रवद्र्धक निर्माणाधिन माथिल्लो गड्डीगाड जलविद्युत आयोजना १.५५ मेगावाट क्षमताको ७० प्रतिशत कार्य सम्पन्न भईसकेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend