logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

चैत्र १ गतेदेखि बैकको व्याजदर घट्ने


  • जन आकाश
  • बिहिबार, फाल्गुन २५ २०७९

काठमाडौंः मिति २०७९ फागुन २५गते बिहीबार बसेको नेपाल बैंकर्स संघको बैठकले चैत १ गतेदेखि लागू हुने गरी साधारण निक्षेपमा ०.४ प्रतिशत ब्याजदर घटाइने निर्णय गरेको छ ।



त्यसैगरी कर्जाको प्रिमियममा ब्याजदर १ प्रतिशतले घटाइने भएको छ । वित्तीय संस्थाहरुले आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा प्रवाह भइरहेकोमा बढीमा ५ प्रतिशत थप्ने गरी निर्णय गरेका हुन् ।

प्रिमियम १ प्रतिशतले घटाउने निर्णय चैत १ देखि लागू हुने भएको छ । आधार दर गत वर्षको पुसको औसत आधार दरको तुलनामा २९ प्रतिशतले बढेको छ । गत वर्ष पुसमा बैंकको आधार दर औसत ८.४२ प्रतिशत थियो ।

बैंकहरुसँग भएको कुल निक्षेपमा बचत खातामा भएको निक्षेपको हिस्सा २६ प्रतिशत छ । जसकारण बचतमा ब्याजदर घटाउने निर्णयले बैंकहरुको आधार दर र कर्जाको ब्याजदर घट्छ । मुद्दती निक्षेपमा भने फागुनकै ब्याजदर यथावत राखिने भएको आज जारी गरेको बैकरर्स संघबो बिज्ञप्तिमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend