logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

वरिष्ठ पत्रकार/समाजसेवी रिसाललाई नर्थ क्यारोलिना नेपाली साहित्य समाजको सहयोग


  • जन आकाश
  • शुक्रबार, फाल्गुन २६ २०७९

काठमाडौ ।अमेरिकास्थित नर्थ क्यारोलिना नेपाली साहित्य समाजले वरिष्ठ पत्रकार-समाजसेवी भैरव रिसालको पहलमा सञ्चालित सामाजिक कार्यहरूको सहयोगार्थ ११ सय अमेरिकी डलर (रु १ लाख ४५ हजार ४ सय ५५) हस्तान्तरण गरेको छ ।



फेव्रेवरी २५ मा जुम मार्फत् रिसालसंग गरिएको अन्तरक्रियामा ९५ वर्षको उमेरमा पनि उहाँको समाजसेवाप्रतिको लगावबाट प्रभावित भई नर्थ क्यारोलिना नेपाली साहित्य समाजल यो सहयोग गरेको हो ।

सहयोग रकम ग्रहण गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै रिसालले प्रवासमा बसेर पनि समाजले नेपाली साहित्यको श्रीवृद्धिका लागि निर्वाह गरिरहेको भूमिको प्रशंसा गर्नुभयो ।

उहाँले प्राप्त आर्थिक सहयोग समाज सेवामा खर्चने प्रतिबद्धता गर्दै समाजप्रति विशेष आभार व्यक्त गर्नुभयो ।

रिसालको जीवनी, यथार्थता, सामाजिक योगदान र जीवनका उतारचढाव, कटुताहरू उहाँ आफैबाट सुन्न पाउनु आफ्नो संस्थाका लागि गौरवको क्षण भएको समाजले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend