जन आकाश
काठमाडौ ।अभिनव साहित्य समाजको आयोजनामा मिति २०७९/११/२७ गते भैरव स्मृति भवन जोरपाटी, गोकर्ण काठमाडौंमा अभिनव साहित्य समाजको स्थापना दिवस तथा २२ औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।
समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे वेदमणिको सभा पतित्व, समाजका सचिव परशुराम पराजुलीले सञ्चालन र शारादा पराजुलीजीको स्वागत मन्तव्यबाट सुरुभएको सो कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक कुमार रिसाल र उपप्रमुख सान्नानी लामालाइ हार्दिक बधाई, शुभकामना र अभिनन्दन पनि गरिएको थियो ।
यसैगरी प्राज्ञ बिष्णु प्रभातलाई बिसहजार नगद सहित अभिनन्दन गरिएको थियो । वेदमणि अभिनव गजल पुरस्कारबाट दशहजार नगदसहित शान्ती शर्मालाई पुरस्कार तथा सम्मान गरिनुको साथै समाजसेवी मुसुरी लामालाई सम्मान गरिएको थियो ।
यसै अवसरमा कलाकार जानुका भट्टराई तथा केशवराज मैनालीलगायतबाट बेचिएकी चेली नामक करुणरस प्रधान नाटिकाको प्रस्तुति भएको थियो ।
प्रमुख अतिथिको आशसनबाट गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा प्रतिष्ठानजस्तो गरिमामय संस्थाबाट नेपाली भाषाको गौरवमय परम्परालाई तोडमरोड गर्ने कामको सुरुआत हुनथालेको भन्ने सुन्नमा आएको छ । भर्खर गठनभएको संस्थाको केही दिन काम हेरेर मात्र मूल्याङ्कन गरिनुपर्छ भन्ने भाव राख्दै साहित्यकारहरुलाई प्रेरणा दिने काम गरेका थिए ।
यसैगरी विशेष अतिथि तथा अभिनन्दित व्यक्तित्वको रुपमा नगर प्रमुख रिसालले गो.न.पा.लाई साहित्यको हब मनाउन क्रियाशील संस्थाको रुपमा अभिनवलाई लिएका छौ र यस नगरभित्र रहेका सम्पूर्ण साहित्यिक सस्थाहरुलाई सहयोगात्मक भूमिका न.पा.ले गर्दै जाने कुरा राखेका थिए ।
उपप्रमुख लामाले “साहित्य उत्थानको काममा सहयोग गर्न न.पा.सँधै तयार छ र खासगरी महिला साहित्यकाहरुलाई उत्प्रेरणा दिने कार्यमा पनि न.पा.ले विशेष सहयोग गर्ने “कुरा राखेकी थिइन । अर्का अभिनन्दित व्यक्तित्व प्रभातले प्रकृतिपूजक, शक्तिपूजक, शैव, ब्रह्म, सांख्य (देवहुतीद्वारा प्रतिपादित) र बौद्ध दर्शन गरी छवटा दर्शन नेपाली हो भनेर सुन्दर व्याख्या गरेका थिए ।
गो.न.पा ६ का वडा अध्यक्ष नवराज लामाले शुभकामना मन्तव्य दिएका थिए । अर्की पुरस्कृत व्यक्तित्व शर्माले एक सुन्दर गजल गायन गायर सुनाएकी थिइन् । अभिनन्दन तथा सम्मानपत्रको व्यहोरा मेनका पोखरेलले र घनश्याम प्रसाईले पढेर सुनाएका थिए।
अर्का कार्यसमिति सदस्य सुमन पुडासैनीले व्यवस्थापनको कार्य गरेका थिए ।
सभापतिको आशनबाट वेदमणिले वर्तमान नेपाल सरकारले प्राज्ञताको प्रचलित मापदण्ड विपरित प्रज्ञा प्रतिष्ठान गठन गरेकोमा यसको सुधार हुनुपर्ने माग राखेका थिए। यो नभएसम्म कुनै पनि परिषद सदस्यको भूमिकालाई वहिष्कार गरिनुपर्छ भन्ने माग राखेका थिए ।
एकसयभन्दा बढीको उपस्थित रहेको कार्यक्रममा उपस्थित कवि कवयित्रीले आफ्नो रचना प्रस्तुत गर्न नपाएकोमा क्षमा माग्दै आगामी मासिक कार्यक्रमहरुमा सो अवसर प्राप्त गराउने वचनवद्धता पनि प्रकट गरिएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend