logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

सिन्धुलीको फिक्कल गाउँपालिकामा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु


  • जन आकाश
  • आइतबार, फाल्गुन २८ २०७९

 



काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिरमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस आज बिहान ९ः१५ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा पाँच जनाको मृत्यु भएको भनेर प्रहरीले आफूलाई रिपोर्टिङ गरेको सिन्धुलीकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् । उनका अनुसार दुर्घटनाको बेला बसमा २९ जना यात्रु थिए । ती मध्ये १९ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरी उपचारका लागि खुर्कोटको अस्पतालमा पठाइएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend