logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको एघारौँवार्षिक साधारण सभा सम्पन्न


  • जन आकाश
  • मंगलबार, फाल्गुन ३० २०७९

 



काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) को एघारौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सोमबार काठमाडौंमा आयोजना गरिएको सभामा वित्तीय संंस्थाका अध्यक्ष सचिनजङ्ग रायमाझीकोे अध्यक्षतामा सम्पन्न साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले स्वागत मन्तव्य राखेका थिए ।

एघारौँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन, वित्तीयविवरणहरु तथा ११ प्रतिशत बोनस सेयर र ०.५८ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश सहित जम्मा ११.५८ प्रतिशत लाभांश पारित गरेको छ ।

सभाले वित्तीय संस्थाको नाम हिमालयन लघुवित्त वित्तीय संस्था रहने लगायतका सम्पूर्ण सामान्य र विशेष प्रस्तावहरु पारित गरेको छ ।
सभाका अध्यक्ष सचिनजङ्ग रायमाझीले सम्पूर्ण सेयरधनी तथा आमन्त्रित महानुभावहरुप्रति आभार व्यक्त गर्दै साधारणसभा सफल बनाई दिनु भएकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले हालसम्म ७५ शाखा कार्यालयहरु मार्फत ७४ हजार भन्दा बढि सदस्यहरुलाई लघु वित्तीय सेवा प्रदान गर्दै १ अर्ब ८ करोड बचत संकलन गरी४ अर्ब २५ करोड भन्दा बढी लगानी गरेकोे उल्लेख छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend