logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

आजदेखि लागु हुनेगरी बैकहरुले ब्याज घटाए


  • जन आकाश
  • बुधबार, चैत्र १ २०७९

 



काठमाडौं । बैंकहरूले आज १ चैत गतेदेखि मुद्दती निक्षेपको ब्याजदर यथावत राख्दै बचतको ब्याजदर घटाएका छन् ।

फागुनमा बचतमा ६.४२ देखि ८.४२ प्रतिशत ब्याज दिएका बैंकहरूले चैतदेखि ६ देखि ८ प्रतिशत ब्याजदर कायम गरेका हुन् ।

बैंकहरूले रेमिट्यान्स बचत र मुद्दतीमा भने १ प्रतिशत बिन्दुले थप ब्याजदर दिनुपर्ने राष्ट्र बैंकको व्यवस्था अनुसार सोही ब्याजदर प्रकाशित गरेका छन् ।

नेपाल बैंकर्स संघले चैतमा मुद्दती निक्षेपको यथावत राख्दै बचतको ब्याजदर घटाउने निर्णय गरेको थियो । सोही अनुसार बैंकहरूले बचतको ब्याजदर घटाएका हुन् ।

स्ट्यान्डर्ड चार्टर्डको ब्याजदर यथावत

स्ट्यान्डर्ड चार्टर्ड बैंकको ब्याजदर भने यथावत छ । फागुनमा नै स्ट्यान्डर्ड चार्टर्डले बचतमा ६.४२ देखि ७.१५ प्रतिशत ब्याजदर दिएको थियो ।

चैतमा पनि सोही ब्याजदरलाई निरन्तरता दिएको स्ट्यान्डर्ड चार्टर्ड बैंकले जनाएको छ ।

यसअघि बचतमा ८.४२ प्रतिशत ब्याजदर दिएका अन्य बैंकले भने त्यसलाई घटाएर ८ प्रतिशत कायम गरेका छन् ।

बैकहरूले बचतमा दिएको ब्याजदरको तल्लो सीमा र मुद्दती निक्षेपको माथिल्लो सीमा बिचको अन्तर ५ प्रतिशत बिन्दु भन्दा बढीले हुन नहुने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

बैंकहरूले सोही सीमाभित्र रहने गरी बचतमा न्युनतम ६ प्रतिशत कायम गरेर मुद्दतीको ११ प्रतिशत ब्याजदर यथावत राखेका हुन् ।

वाणिज्य बैंकले बचतको मात्रै ब्याजदर घटाए पनि विकास बैंक र वित्त कम्पनीले भने मुद्दतीको ब्याजदर पनि सामान्य घटाएका छन् ।

विकास बैंकहरूले मुद्दतीको ब्याजदर ११.७५ प्रतिशतबाट ११.६० प्रतिशत कायम गर्दा बचतमा फागुनसम्म ६.७५ देखि ८.७५ प्रतिशत थियो । आज चैत १ गतेदेखि ६.६ देखि ८.६ प्रतिशत कायम भएको छ ।

वित्त कम्पनीले फागुनमा मुद्दतीमा १२.२० रहेको ब्याजदर चैतमा १२ प्रतिशतमा झारेका छन् । यस्तै बचतको ब्याजदर पनि ८ देखि ९ प्रतिशतबाट घटाएर ७ देखि ९ प्रतिशत कायम गरेका छन् । केही फाइनान्सहरुले बचतको न्युनतम ब्याजदर ८ प्रतिशत नै यथावत राखेका छन् ।

बैकहरुले ब्याज बढाएको भनेर व्यवसायीहरुले कडा विरोध गर्दै आएका छन् । व्यवसायी मध्यका बैकहरु सञ्चालनमा रहेका छन् । तिनै सञ्चालकहरु उधोग बाणिज्य महासंघमा पनि छन् । तिनै नेपाल चेम्बर अफ कर्मशमा पनि छन् । तिनै नेपाल उधोग परिसंघमा पनि छन् । कहिलेकाही तिनै व्याक्तिहरुले देखाउनको लागि त विरोध गरेजस्तो गर म त्यस ब्याज घटाए जस्तो गर्छु मिलीजुली नाफा कमाउनु पर्छ नियम कानुन त । हाम्रो नै हातमा त होनी भने जस्तै नेपालका केही मुट्टीभर मानिसहरुले जता जता लग्यो त्यता त्यता नै देश चल्न थालिसकेको छ ।

यस्तै अवस्था रहिरहने हो भने नेपालको अर्थतन्त्र मात्र होइन मुलुकको स्वाभिमान नै धरापमा पर्ने सम्भावना बढ्दै गएको छ । वास्ताविक नेपाली लगानीकर्ताहरुले गम्भिर भएर सोच्न जरुरी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend