logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

कतारबाट आइएमई र युनिमनीको वीन बिग क्याम्पेन सुरू


  • जन आकाश
  • बिहिबार, चैत्र २ २०७९

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई लिमिटेड र आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे ’ र अग्रणी विश्वव्यापी सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्ज कतारवीच युनिमनीको“सेन्ड मनी अन्लाईन एन्ड विन बिग” क्याम्पेनमा प्रमोसन पार्टनरको रुपमा समझ्दारी भएको छ ।



विन बिग क्याम्पियनमा सम्पुर्ण सेवाग्राहीहरू युनिमनि कतार मोबाइल एप अथवा युनिमनीको अनलाइन पोर्टल “æwww.unimoni.qa” मार्फत आइएमईमा पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले IPHONE 14 PRO,  ५  जना विजेताले  SAMSUNG GALAXY S22 Ultra  साथै ३० जना सेवाग्राहीहरूले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी जम्मा १०० ग्राम सुन जित्न सक्नेछन् । सोही क्याम्पेनको अवधि १५ मार्च २०२३ देखि १५ मे २०२३ (०१ चैत, २०७९ देखि जेठ ०१, २०८०) सम्म जम्मा ६२ दिनका लागि लागु हुनेछ ।

उक्त क्याम्पेन सँगै युनिमनी एक्सचेन्ज कतारबाट आइएमई गर्दा आइएमई पेवालेटमा रू. ५० सम्मको बोनस सुविधा यथावत नै रहनेछ । अनलाइन च्यानलहरुको प्रवद्र्धन गर्नको लागि तयार पारिएको सो क्याम्पेनको विजेता घोषणा विद्युतीय माध्यमबाट छनोट हुनेछ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend