logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा सुयोग श्रेष्ठ


  • जन आकाश
  • शुक्रबार, चैत्र ३ २०७९

काठमाडौ । डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रीला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ लगाएत अन्य पदाधिकारीहरु सर्वसम्मतीबाट निर्वाचित हुनु भएको छ । एशोसियसनको मिति२०७९/१२/०३ गते, शुक्रबारको दिन चितवनमा सम्पन्न १७ औं वार्षिक साधारण सभाले निम्न बमोजिमको कार्य समितिका पदाधिकारीहरु चयन गरेको छ ।



अध्यक्ष सुयोग श्रेष्ठ, प्रमुख  कार्यकारी अधिकृत, सांग्रिला डेभलपमेण्ट बैंक,उपाध्यक्ष बोधराज देवकोटा, प्रमुख कार्यकारी अधिकृत, महालक्ष्मी बिकास बैंक, सचिवः रामकुमार गिरी, प्रमुख  कार्यकारी अधिकृत, सिन्धु बिकास बैंक, कोषाध्यक्ष नरेश सिंह बोहरा, प्रमुख कार्यकारी अधिकृत, लुम्विनी विकास बैंक, सदस्यहरु प्रकाश पौडेल, प्रमुख  कार्यकारी अधिकृत, साइन रेसुंगा डेभलपमेण्ट बैंक, श्रीचन्द्र भट्ट, प्रमुख कार्यकारी अधिकृत, ज्योति विकास बैंक र डा. इन्द्र कट्टेल, प्रमुख कार्यकारी अधिकृत एक्सलडे भलपमेण्ट बैंकनव  नियुक्त कार्य समितिका पदाधिकारीहरुको सपथ ग्रहण समेत सम्पन्न भइसकेको छ ।

एशोसियसनको १७ औं वार्षिक साधारण सभाले आ.व. २०७८/०७९ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, आ.व. २०७९/०८० को अनुमानित आयब्य र लेखापरिक्षक नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

अध्यक्ष प्रद्युमन पोखरेलले कोभिड १९, रुस युक्रेन युद्घ, बढ्दो मुद्रास्फिति लगाएतका कारणले अहिले बैंकिङ् क्षेत्रलाई निकै नै अप्ठ्यारो अबस्थाबाट गुज्रिरहेको बताउनु भयो । तथापि, सबै सदस्य बैंकहरुलाई जोखिम व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन र ग्राहक सेवालाई अझ चुस्त बनाउन अनुरोध गर्नु भयो । आफ्नो कार्यकालमा सहयोग पुर्याउनु भएकोमा सम्बद्ध सबैलाई हार्दिक धन्यवापनि ज्ञापन गर्नु भयो ।

नवनिर्वाचित अध्यक्ष सुयोग श्रेष्ठले आफुलाई अध्यक्षपदमा निर्वाचित गर्नुभएको धन्यवाद ज्ञापन गर्दै सबैको सहयोगबाट बिकास बैंकहरुको हक र हितका लागि कार्य गर्न लागि पर्ने प्रतिबद्धता जनाउनु भयो । आजका बिकास बैंकहरु व्यसायका दृष्टिकोणबाट हिजोका बाणिज्य बैंकहरु जस्तै हुन् । ९० वटा बिकास बैंक घटेर १७ मा आइपुग्दा पनि बजार हिस्साका हिसाबले पहिले जति नै कायम राख्नु सक्नु आजका बिकास बैंकहरुको उपलब्धि हो । त्यसैले अझ राम्रो गर्नका लागि संगै सहकार्य गरौ भन्दै वहांले सबै प्रमुख कार्यकारी अधिकृतहरुलाई अनुरोध गर्नु भयो । अप्ठ्यारो अबस्थामा पनि एसोसियसनलाई सफल्तापूर्वक नेतृत्व प्रदान गर्नु भएकोमा निर्वतमान अध्यक्ष प्रद्युमन पोखरेललाई नवनिर्वाचित अध्यक्षले धन्यवाद दिनु भयो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend