logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

शेयर सदस्यको अनुहारमा खुशी खोज्नु लोकदीप सहकारी संस्थाको कर्तव्य


  • जन आकाश
  • सोमबार, चैत्र १३ २०७९

काठमाडौ । राष्ट्रिय सहकारी बैंकका सञ्चालक एवम् गण्डकी प्रदेश संयोजक रामबहादुर जिसीले सहकारीहरुले संस्थाका शेयर सदस्यहरुको अवस्थाको पहिचान गर्नु पर्ने बताउनु भएको छ ।



बेनीमा रहेको लोकदिप बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिकोत्सवको अवसरमा बोल्दै जिसीले उक्त कुरा बताउनुभएको हो । सदस्य संगै समुदाय प्रति पनि चासो देखाउनु पर्ने भएकोले सहकारी संस्था थप चनाखो र चलायमान हुन पर्ने उहाँको धारणा थियो ।

सहकारीहरुले गर्ने गतिबिधिले उनीहरुको मात्रै नभएर समग्र सहकारी क्षेत्रकै शाखलाई प्रभाव पार्छ । त्यसैले त्यस तर्फ पनि सोच्दै सदस्यकेन्द्रीत कार्यक्रमहरुमा जोड दिनु पर्ने उहाँको बिचार थियो । अहिले सहकारी विभागले दिएको निर्देशन अनुरुप कतिपयले कार्यक्रम गरेको र कतिपयले नगरेको भन्दै उहाँले विभागको निर्देशन कानुन सरह हुने भएकाले सबै सहकारीले मान्नै पर्छ उहाँले भन्नुभयो ।

स्थानीय मानिसहरु मिलेर चलाएको व्यवसाय सहकारी भएकोले आफ्नै हितका लागि हामीले काम गर्नु पर्ने उहाँको कथन थियो । लोकदिप बचत तथा ऋण सहकारीले वार्षिकोत्सव कार्यक्रमकै अवसरमा आयोजना गरेको वित्तीय साक्षतामा सहकारी बैंकका सञ्चालक जिसीले पैसा कसरी आम्दानी, खर्च र बचत गर्ने थाहा पाउनु पर्ने भन्नुभयो ।

उहाँले पैसा आम्दानी गरेको वा खर्च गरेको मात्रै तथ्याङ्क राख्न सकियो भने पनि बचत बढाउन सकिने भएकोले पैसाका सबै शिर्षकमा भएका खर्च चुस्त राख्ने प्रयास गर्दा राम्रो हुने धारणा व्यक्त गर्नुभयो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend