जन आकाश
काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको १० रुपैयाँले वृद्धि भएको हो।
मूल्य बढेसँगै सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ३ हजार ९८० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend