जन आकाश
प्रदेशको नं १ इटहरी, सुनसरीमा रजिष्टर्ड कार्यालयभई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामाकर्पोरेट कार्यालय रहेको एन.आई.सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले देशव्यापी रुपमामहिलाहरुलाई लक्षित गरी वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम प्रवर्धन गर्दै “ग्लोबल मनीविक”भव्यताका साथ सम्पन्न गरेको छ ।
नेपाल राष्ट्र बैंकको वार्षिक कार्यतालिका अनुसार हरेक वर्षको मार्च महिनामा सप्ताहव्यापी रुपमा मनाईने “ग्लोबल मनीविक” को एघारौ संस्करणका रुपमा एनआई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि चालु चैत्र महिनाको ६ देखि १२ गतेसम्म सप्ताहव्यापी रुपमा“प्लान योर मनी–प्लान्ट योर फ्युचर”भन्ने नाराका साथ वित्तीय साक्षरता प्रवर्धन कार्यक्रम सम्पन्न गरेको हो ।
यसरी संचालन गरिएका कार्यक्रमहरुमा हजारौको संख्यामा महिलाहरुको सहभागितामा सातै प्रदेश कार्यालय अन्तर्गतका उपप्रदेश तथा शाखा कार्यालयहरु मार्फत देशव्यापी रुपमा वित्तीय अनुशासन र चेतना अभिबृद्धि अभियान कार्यक्रमहरु आयोजना भई सम्पन्न भएका हुन । साथै सो अभियान अन्तर्गत संस्थाले वित्तीय साक्षरता सम्बन्धी सचेतनामूलक श्रव्यदृश्य सहितका अभिमुखीकरण र अन्तरक्रिया कार्यक्रमका साथसाथै वित्तीय साक्षरता झल्काउने नाराहरुको प्लेकार्ड सहितको ¥याली कार्यक्रम संचालन सम्पन्न गरेको वितिय संस्थाले जानकारी दिएको छ ।
कार्यक्रमबाट समुदायस्तरका महिलाहरुलाई वित्तीय कारोवार, दैनिक आम्दानी तथा खर्चको विश्लेषण गर्न, वचत गर्ने बानी, कर्जाको सही सदुपयोग, वित्तीय सेवा सम्बन्धी ज्ञान, व्यवसाय व्यवस्थापन, बीमा, विप्रेषण आदि जस्ता कुराहरुमा चेतना बृद्धि भई समुदायस्तरका व्यक्तिहरुलाई आफ्नो आर्थिक व्यवस्थापन गर्नमा सहज वातावरण हुने विश्वासका साथ संस्थाले कार्यक्रम संचालन गरेको उल्लेख छ ।
सन् २०१२ देखि प्रत्येक वर्ष विश्वका १७० भन्दा बढि मुलुकहरुमा संचालनहुदै आएको “ग्लोबल मनीविक”मूलतःवित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्धेश्यका साथ विश्वब्यापी रुपमा थालिएको अभियान हो र यसलाई सार्थक तुल्याउन संस्थाले विश्व वित्तीय सप्ताह २०२३ को अवसरमा देशव्यापी रुपमा वित्तीय साक्षरता अभिमुखीकरण तथा सो सम्बन्धी ¥याली कार्यक्रम संचालन गरेको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend