जन आकाश
काठमाडौ । लाखौं ग्राहक महानुभावहरु माझ गतिशील बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले Societe Maghrebine de Monetique (S2M) System सँगको सहकार्यमा आफ्नै पेमेन्ट स्वीच (Electronic Fund Transfer (EFT) Payment Switch) सञ्चालनमा ल्याएको छ ।
बैंकले हालै मात्र उक्त पूर्वाधारको सफलतापूर्वक कार्यान्वयन गरी बैंकको भुक्तानी प्रणालीमा आबद्ध गरेको छ । डिजिटल कारोबारमा आम ग्राहक महानुभावहरुको उल्लेख्य उपस्थिति भइरहेको तथा उक्त संख्यामा उत्साहजनक वृद्धि हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै बैंकले कार्डबाट हुने कारोबारलाई थप विश्वसनीय एवं सहज बनाउनका निमित्त आफ्नै पूर्वाधार खडा गरेको हो ।
यस स्वीचको मद्दतले यस बैंकका POS tyf ATM टर्मिनलहरु मार्फत गरिने कारोबारलाई अन्तर आबद्धता स्थापित गरी कारोबारलाई सुरक्षित र सरल समेत बनाउन ठोस टेवा मिल्नेछ ।‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप आधुनिक प्रविधिहरु आत्मसात गर्दै बैंकले सञ्चालनमा ल्याएको यस स्वीचको उच्चतम सदुपयोग गरी आम ग्राहक महानुभावहरु माझ नवीनतम प्रविधिमा आधारित विभिन्न डिजिटल प्रोडक्ट तथा सेवाहरु पु¥याउन मद्दत पुग्ने हुँदा वहाँहरुको दैनिक बैंकिङ्ग अनुभवलाई नै अझ परिस्कृत बनाउनको निमित्त उक्त स्वीच कोषेढुंगा सावित हुने बैंकले विश्वास लिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend