जन आकाश
काठमाडौं । नेपाल बैंकर्स एसोसिएनका अध्यक्ष सुनिल केसीले बैंकिङ क्षेत्रमाथि अहिले चारैतिरबाट आक्रमण भएको बताएका छन् । मितिः २०७९ चैत्र १६ गते संघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै केसीले संवेदनशील बैंकिङ क्षेत्रमाथि आक्रमण हुनु राम्रो संकेत नभएको बताएका हुन् ।
यस्तो गतिविधिले देशमा भित्रिने वैदेशिक लगानी पनि घट्ने उनले बताए । “अहिले सडकमा बैंकविरूद्ध जुन किसिमको हल्ला फैलाइएको छ । त्यसले बाह्य लगानी भित्र्याउन असहज हुन्छ । वैदेशिक लगानी पनि आउँदैन,” उनले भने, “दुर्भाग्य अहिले डिपोजिटरको डिपोजिटमाथि अट्याक भएको छ । फाइनान्सियल सेक्टरलाई यस्तो एट्याक गर्नु हुँदैन । सरकारले यस्ता कुरालाई नियन्त्रण गर्नुपर्छ ।”
सडकबाट बैंकको बारेमा अपवाह फैलाउने गरिएको उनले बताए । मार्केटको मागअनुसार ब्याज बढ्ने भन्दै अहिले आत्तिहाल्नु पर्ने अवस्था नरहेको उनले बताए । विदेशमा कतिपय बैकहरु कोल्याप्स भएको घटनासँग नेपालका बैकहरुलाई समेत जोडेर अफवाह फैलाएको र ति कतिपय मुलुकमा कोल्याप्स भएका बैकहरुसँग नेपालका बैकहरुको कुनै सम्बन्ध नभएको बताएका छन् ।
बैंकिङ क्षेत्रमा अहिले तरलता सहज हुँदै गएको उनले बताए । त्यसले गर्दा कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) एक वर्ष यताकै न्यून विन्दुमा रहेको बताए । “अहिले लिक्वीडिटी सन्तुलनमा छ । यसले गर्दा ब्याजदर पनि क्रमिक रूपमा घट्दै जान्छ,” उनले भने ।
सरकारले खर्च गर्न नसक्दा निर्माण क्षेत्र र कृषि क्षेत्रमा गएको ऋण उठ्न समस्या परेको उनले बताए । पछिल्लो समयको स्थिति हेर्दा तेस्रो त्रैमासमा बैंकको खराब कर्जा बढ्ने केसीले बताए । बैंकबाट होम लोन बढ्दा अर्थतन्त्र चलायमान हुने पनि उनको भनाइ थियो ।
त्यस्तै, बैंकर्स संघका सदस्य तथा एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुधेस खालिङले चौथो त्रैमाससम्म असहज स्थिति नै रहे राष्ट्र बैंक र अर्थ मन्त्रालयले बैंकिङ क्षेत्रलाई सहयोग गर्नुपर्ने बताए । सुधार हुँदै गए ब्याजदर घट्दै जाने उनले भनाइ राखेका थिय । खालिङले अहिले बैकहरुको वारेमा जे जे भने पनि हाम्रो काम हामी गरिरहेका छौ । बैकहरु भनेका बैद्यानिक संस्थाहरु हुन् । यसलाई रेगुलेट गर्ने राष्ट्र बैक छ । ऐन कानुनहरु छन् । त्यो हामी पालना र्गछौ । समाजमा भएका सत्य कुराहरु मात्र बुझेर पत्रकार साथीहरुले तथ्यको आधारमा समाचार लेखिदिनुहुन अनुरोध छ । भन्दै आग्रह गरेका थिए ।
बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्माले प्रेजेण्टरमा देखाएको चाटमा गएका बर्षहरु पनि यस्तै उतार चढाव आएको र हालको अवस्था पनि त्यस्तै हो आतिनु पर्ने अवस्था छैन भनेका थिए ।
पत्रकारहरुले सोधेका प्रश्नमा संघका अध्यक्ष सुनिल के.सि. र एभरेष्ट बैकका सिइओ सुधेस खालिङले पालैपालो उत्तर दिएका थिए
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend