logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

सहकारी दिवस मनाउन पालिकाहरुलाई जिल्ला सहकारी संघ बागलुङको आव्हान


  • जन आकाश
  • आइतबार, चैत्र १९ २०७९

बागलुङ । ६६ औं राष्ट्रिय सहकारी दिवस भव्य रुपमा मनाउनका लागि जिल्ला सहकारी संघ लिमिटेड बागलुङले जिल्लाका सबै पालिकाहरुलाई आव्हान गरेको छ ।



नेपालमा सहकारीको शुरुवात भएको चैत २० गतेका दिन देशभर विविध कार्यक्रमका साथ सहकारी दिवस मनाउने गरिएको छ । यस वर्षको सहकारी दिवस सहकारीको दिगोपन ः स्वनियमन र सुशासन भन्ने नाराका साथ मनाउन लागिएको छ ।

जिल्ला सहकारी संघ बागलुङले जिल्लाका सबै पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र मार्फत ६६ औं राष्ट्रिय सहकारी दिवस मनाउन आव्हान गरेको हो ।

संघका तर्फबाट अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) ले पालिकाहरुलाई पठाएको पत्रमा पालिका स्तरमा रहेका सहकारी संघ संस्थाहरुसंगको प्रभावकारी परिचालन, समन्वय र सहकार्यमा भव्य रुपमा सहकारी दिवस मनाउन अनुरोधमा उल्लेख छ ।

सहकारीको दर्ता, प्रवद्र्धन र नियमन गर्ने तीन वटा निकाय मध्ये सबैभन्दा धेरै सहकारी संस्थाहरु रहेको स्थानीय तहमा सहकारी दिवस मनाउदा सहकारीको प्रवद्र्धन र विकासमा सहयोग पुग्ने भएकाले सबै पालिकालाई सहकारी दिवस मनाउन आव्हान गरिएको अध्यक्ष जिसीले बताएका छन् ।

सहकारी दिवस मनाउने जिम्मेवारी पालिका, प्रदेश र संघ सरकारको हो, स्थानीय तह मध्ये धेरैमा सहकारीका दिवसहरु मनाउने, सहकारीकर्मीहरुको क्षमता विकास गर्ने, सहकारी संघ संस्थाको संस्थागत विकासमा सहयोग गर्ने काम कम भएको छ, त्यसैले हामीले पालिकाहरुको ध्यानाकर्षण गराएका हौ, अध्यक्ष जिसीले भनाई ।

बागलुङमा १० वटा पालिका रहेका छन् । बागलुङ नगरपालिकाले विगत केही वर्षदेखि जिल्ला सहकारी संघसंगको सहकार्यमा राष्ट्रिय सहकारी दिवस मनाउदै आएको छ ।

६६ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघ बागलुङ र बागलुङ नगरपालिकाको संयुक्त आयोजनामा चैत १८ गते बिहान बागलुङ बजार सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

चैत २० गते बिहान ११ बजे बृहत ¥याली सहित मुख्य समारोहको आयोजना गरिएको बागलुङ नगरपालिका सहकारी शाखाका प्रमुख प्रेम प्रसाद शर्माले जानकारी दिएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend