logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

नव नियुक्त अर्थमन्त्रीको बैंकर्सहरुलाई ब्याजदर घटाउन आग्रह


  • जन आकाश
  • सोमबार, चैत्र २० २०७९

 



काठमाडौं । केहीदिन अगाडी माात्र नव नियुत्त भएका अर्थमन्त्री डा.प्रकाशशरण महतले बैंकर्सहरुसँग ब्याजदर घटाउन सकिने नसकिनेबारे जानकारी लिएका छन् । सोमबार मन्त्रालयमै वाणिज्य बैंकहरुको छाता संस्था बैंकर्स संघसँग छलफल गर्दै अर्थमन्त्री महतले ब्याजदर घटाउन सकिने अवस्था भए घटाउन आग्रहसमेत गरेका छन् ।

अर्थमन्त्री महतले बैंकर्ससँग भनेका थिए, ‘ब्याजदर उच्च हुँदा व्यवसाय गर्न गाह्रो भयो भन्ने व्यवसायीको गुनासो छ । व्यवसाय गर्न आवश्यक नगद प्रवाह नहुँदा व्यवसाय गर्नै समस्या भयो भनिरहनु भएको छ । ब्याजदर घटाउन सकिने अवस्था भए उहाँहरुको माग सम्बोधन गरिदिनुस् ।’

छलफलमा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी सहितको टीमले अर्थतन्त्रको अवस्था र तरलता तथा ब्याजदरबारे अर्थमन्त्री महतलाई ब्रिफिङ गरेका थिए ।

बैंकर्सहरुले सरकारले विकास खर्च बढाए अहिलेको समस्या समाधान हुने औंल्याएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend