जन आकाश
मोहन कार्की ।
काठमाडौ । नेपाल हिमालय सिमापार बाणिज्य संघका पदाधिकारीहरुले नव नियुक्त उद्योग बाणिज्य तथा अपुर्ति मन्त्री रमेश रिजाललाई मन्त्रालयमा पुगेर बधाई तथा शुभकामना दिएका छन् ।
पछिल्लो समय नेपाली काँग्रेसवाट ४ मन्त्री नियुक्ति भएकै दिन नेपाल र चीनको सामान आयात निर्यात गर्ने अन्तराष्ट्रिय व्यापारिक केन्द्र केरुङ नाका सञ्चालनमा आएको छ । उक्त खुशीयाली र व्यवसायीका अविभावक भएका मन्त्रीलाई नेपाल हिमालय सिमापार बाणिज्य संघले मन्त्रालयमा नै पुगेर बधाई तथा शुभकामना दिएको हो । संघका अध्यक्ष अशोक कुमार श्रेष्ठको नेतृत्व्मा गएको प्रतिनिधि मण्डलले बधाई तथा शुभकामना दिदै “विगतमा मन्त्रालय संगाल्दा उदारणीय काम गर्नु भएको मन्त्री ज्युवाट झनैं यस हजारौ व्यवासयाीहरु आवद्ध भएको बाणिज्य क्षेत्रमा थप प्रगतिको लागि काम हुने विश्वास गरेका छौ ।” भनि मन्त्री ज्यूलाई भेटघाट गरेको नेपाल हिमालय सिमापार बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रामहरि कार्कीले जानकारी दिएका हुन् ।
उक्त भेटघाटमा संघका अध्यक्ष अशोक कुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष रामहरि कार्की, महासचीव भरत कार्की, नेपाल हिमालय सिमापार बाणिज्य संघका प्रमुख कार्यकारी अधिकृत हिमाल थापाको उपस्थितिमा शुभकामना दिएको महासचीव भरत कार्कीले बताएका हुन् ।
चीन र नेपालको व्यापारिक सम्बन्ध खुकुलो हुने संकेत
चीनले २०७९ भदौ देखि नोपल–चीन व्यापारिक नाका अघोषित जस्तै गरी बन्द गर्दै आएको थियो । कहिलेकाही केही समयको लागि खोलेपनि पुनः बेलाबेलामा समस्या हुदै आएको छ ।
अहिले २०७९ चैत्र १९ गतेवाट नेपालवाट चीनतर्फ सामान लोड गर्न जाने ट्रकहरुलाई जान दिएको छ । यो नेपालमा नेपाली काँग्रेस पार्टीका ४ जना मन्त्री नियुक्त भएको दिन नै उक्त नाका खोलिएको छ ।
नेपाल र चीनवीच यस्ता समस्याहरुको सावधान गर्न र विगत देखिको परस्पर सम्बन्धलाई नयाँ ढंङगवाट प्रगाढ बनउन यहि २४ गते शुक्रवार बेजिङमा दुइ देशिय कुटनैतिक परामर्श हुन लागेको छ । त्याहा वातावरण राम्रो बनाउनको लागि पनि चीनको तर्फावाट रोकिराखेका सामान ओसार प्रसार गर्ने नाकाका ट्रकहरुलाई आवत जावतामा सहजता गराएर शुरुवात राम्रो गरेको हुनुपर्छ ।
नेपालको तर्फवाट परराष्ट्र सचीव भरतराज पौडेल को नेतृ्त्वमा प्रतिनिधि जाने कार्यक्रम तय भईसकेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend