logo बिहिबार, कार्तिक १३ २०८३ | Thursday 29th October 2026

नेपाल आयल निगमले घटाएको इन्धनको नयाँ मूल्य यस्तो छ ?


  • जन आकाश
  • मंगलबार, चैत्र २१ २०७९

काठमाडौं । नेपाल आयल निगमले घटाएको इन्धनको नयाँ मूल्य आजदेखि लागू भएको छ ।



सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर १० र १० रुपैयाँको दरले घटाएको थियो । यसैगरी पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ । खाना पकाउने ग्याँसको मूल्य भने हाललाई यथावत् राखिएको छ ।

मूल्य समायोजन पछि अब डिजेल र मट्टीतेलको नयाँ खुद्रा मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टीतेलको खुद्रा मूल्य १७५ रुपैयाँ प्रतिलिटर थियो । यस्तै पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटेपछि नयाँ मूल्य १७५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend