जन आकाश
काठमाडौ । ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडले निष्काशन गर्न लागेको रु.५८,६०,००,०००/- शेयर पूँजी बराबरको रु.१००/- दरको ५८,६०,००० कित्ता साधारण शेयरको प्रत्याभूति सेवा उपलब्ध गर्नको लागि ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेड र मेगा क्यापिटल मार्केट्स लिमिटेड तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडबीच सम्झौता भएको छ ।
आज एक कार्यक्रमका बीच ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडका तर्फबाट अध्यक्ष मोतीलाल दुगड, मेगा क्यापिटल मार्केट्स लिमिटेडका तर्फबाट का.मु प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठ र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
उक्त कार्यक्रममा ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडका प्रमुख वित्त अधिकृत पुर्ण मान नापित, मेगा क्यापिटल मार्केट्स लिमिटेडका प्रमुख मार्केटिङ्ग विभाग गिरीराज पोखरेल र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका अनिल कुमार महर्जन समेतको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend