जन आकाश
काठमाडौ । नेपाल उधोग बाणिज्य महासंघको बस्तुगत तर्फका केन्द्रीय सदस्यको उम्मेद्धारी दिएका शिव प्रसाद घिमिरेले नेपाल उद्योग बाणिज्य महासंघको विधान पुरानै र संकुचित रहेको छ । यो संस्था ५७ बर्ष अगाडी खोल्दा जे विधानमा लेखिएको छ । त्यो नै आजसम्म रहेको हुनाले व्यवसायी र राज्यसँग व्यासायीको तालमेल हुन नसकेको अवस्था छ । देशमा धेरै खालका परिवर्तन भए तर संघको विधानमा केही संशोधन वाहेक अरु परिवर्तन भएका छैनन् । त्यसकारण म महासंघमा जान चाहेको पनि विधानलाई परिवर्तन गर्न पहिलो रुपमा हेरेको छु ।
उनले थपे व्यावसायीका अहिले समस्या जटिल बन्दै गएका छन् । यसलाई सवै साथीहरुले मिलेर सरकारलाई भन्नुपर्छ सरकारलाई कन्भिस गर्नुप¥यो यात हामीलाई सरकारले बेटर हुने कुराहरु दिनुप¥यो यति गर्दा पनि सरकारले सावधान खोज्दैन भने हामीले बन्द हडताल गर्न सक्दैनौ हामी नरम छौ । हामीले गर्ने भनेको बत्ती, पानी, फोहोर, लगायत तिर्नुपर्ने ठाउमा सरकारलाई सकेनौ भनेर ताला साचो बुझाउने काम गर्नुपर्ने अवस्था आउन लागेको छ । एता पनि व्यवसायी साथीहरुको ध्यान पुग्नुपर्छ । भन्दै धारणा राखेका थिए ।
उनले अर्को एक प्रसंगमा हिजोको महासंघ र आजको महासंघ आकाश जमिनको फरक छ । यसलाई तिव्र गतिमा लान आजको आवश्यकता अनुसार हामीले लैजानुपर्छ । त्यो स्प्रिडलाई समातेर लानसक्ने नेतृत्व महासंघमा आवश्यक छ । त्यसमा व्यवसायी साथीहरुले व्यवसायको स्प्रिडलाई नेतृत्व दिनसक्ने नेतृत्व छान्नुहुने छ भन्ने मलाई विश्वास लागेको छ भनि धारणा राखेका थिए ।
एलपी ग्यास उद्योग संघले २४ गते शुभकामना तथा परिचयत्मक कार्यक्रम बोल्दै उक्त कुरा बताएका थिए । एलपी ग्यास उद्योग संघले अगाडी नै बस्तुगत तर्फको केन्द्रीय सदस्यमा शिव प्रसाद घिमिरेलई नेपाल उद्योग बाणिज्य महासंघको ५७ औ साधरणसभामा र निर्वाचनमा उम्मेद्धार बनाउने निर्णय गरेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend