logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

एन.सी.सी बैंक र दराजबीच छुट सम्झौता


  • जन आकाश
  • सोमबार, चैत्र २७ २०७९

काठमाडौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एन.सी.सी बैंक) र दराजअनलाइन सपिङबीच सम्झौता भएको छ । एन.सी.सी बैंकका ग्राहकहरुले दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको हो ।



सम्झौता अनुसार एन.सी.सी बैंकको डेबिट कार्ड प्रयोगर्कताहरुलाई दराज अनलाइन सपिङ गरी भुक्तानी गर्दा अधिकतम १५% वा रु २,५०० सम्मको छुट र क्रेडिट कार्ड प्रयोगर्कताहरुलाई दराज अनलाइन सपिङ गरी भुक्तानी गर्दा अधिकतम २०% वारु ३,००० सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यो योजना कार्तिक २५गतेदेखि मंसिर ३ गतेसम्म लागु हुनेछ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend