जन आकाश
काठमाडौं । उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभा आजदेखि काठमाडौंमा सुरु हुँदै छ । होटल याक एण्ड यतीमा आयोजित साधारण सभाको उदघाटन आज बिहान १० बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम छ ।
साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ । यसै साधारणसभाबाट हाल महासंघका वरिष्ठ उपाध्यक्ष पदमा रहेका चन्द्र ढकाल स्वतः अध्यक्ष हुने छन् भने नयाँ वरिष्ठ उपाध्यक्ष लगायतका पदका लागि बुधबार निर्वाचन हुनेछ ।
उद्योग वाणिज्य महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष चुनिएको व्यक्ति तीन वर्षे कार्यकाल पछि स्वतः अध्यक्ष बन्ने व्यवस्था छ ।
नयाँ वरिष्ठ उपाध्यक्ष चुनिनका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाई चुनावी प्रतिस्पर्धामा छन् । उनीहरुले प्यानलसहित उम्मेदवारी घोषणा गर्दै उद्योग व्यापारमैत्री वातावरण निर्माणका लागि सरकारसँग पहल गर्ने लगायतका एजेण्डा अघि सारेका छन् ।
कार्यक्रमस्थलमा ढकाल
आजवाट स्वत अध्यक्ष हुने निवर्तमान वरिष्ठ अध्यक्ष चन्द्र प्रसाद ढकाल कार्यक्रमस्थलको अवलोकन र व्यवस्थापन कस्तो छ भनेर हेर्न विहानको ९ बजे नै आईपुगि सकेका छन् । भने वरिष्ठ उपाध्यक्षको लागि प्रतिस्पर्धामा रहेकाहरुको वेलुका अवेरसम्म भोट माग्न नै व्यस्त भएका कारण उपस्थित भईसकेका छैनन् । कार्यक्रम १० बजे भनिएको भएपनि उदघाटन ११ बजेवाट मात्र शुरु हुने एफएनसिसिआईले जानकारी दिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend