logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप  मार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सुचारु


  • जन आकाश
  • सोमबार, बैशाख ४ २०८०

काठमाडौं । एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप EBL Touch 24 मार्फत स्मार्ट क्युआरद्वारा भुक्तानीलिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ ।



एभरेष्ट बैंक लिमिटेडको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले मोबाइल बैंकिङ्ग एप प्रयोग गरि स्मार्ट क्युआरमा भुक्तानी गरेर सेवाको शुभारम्भ गर्नु भयो ।

यो सेवा सुरुवात भए संगै एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप प्रयोगकर्ताले भाटभटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, मेट्रो सुपर मार्केट, मेट्रो मार्ट लगाएत स्मार्ट क्युआर नेटवर्कमा आबद्ध २ लाख भन्दा बढी मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्ने छन् ।

ग्राहकहरुले भुक्तानी गरे लगत्तै रकम सिधै एभरेष्ट बैंकको खातामा जम्मा हुने सुबिधा भएको यस स्मार्ट क्युआर को सुबिधाले बैंकमा खाता रहेका मर्चेन्टहरुलाई थप सुबिधा पुग्ने बिश्वास बैंककोे छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend