जन आकाश
काठमाडौ । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्ड वाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई “ल्याण्डमार्क होटेलस् एण्ड रिसोर्ट प्रा. लि”को विभिन्न सेवाहरुमा विशेष १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड वा हक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले “ल्याण्डमार्क होटेलस् एण्ड रिसोर्ट प्रा. लि”अन्तर्गतका विभिन्न स्थानहरुमा (काठमाडौं , पोखरा, चितवन) रहेका आफ्नो होटेलहरुमामा ऐकोमोडेसन Accommodation फुड एण्ड बेभरेजमा विशेष १०% छुट प्राप्त गर्न सक्नेछन् ।
साथै, बैंकले “मुक्तिनाथ विशिष्ट सहजकर्जा”योजना अन्तर्गत रु २ करोड सम्मको कृषीकर्जा, साना तथा मझौला व्यवसाय कर्जा, घर निर्माण खरिद कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शेयर कर्जा, शैक्षिक कर्जा, जग्गा खरीद तथा अन्य व्यक्तिगत कर्जाहरु सम्पुर्ण आवश्यकका कागजातहरु पुरा गरेको ३ कार्य दिनभित्र सर्वशुलव व्याजदरमा कर्जा स्वीकृत गरी प्रदान गर्ने सुविधा ल्याएको छ । छ र इच्छुक ग्राहकहरुले मोबाईल नम्बर ९८०१११००२३ मा कल गर्न वा बैंकको वेवसाईटमा गई अनलाईन मार्फत कर्जा आवेदन दिन सकिने छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend