logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्धारा आर्थिक सहयोग


  • जन आकाश
  • सोमबार, बैशाख ४ २०८०

 



 

काठमाडौ । बैशाख ३, २०८० सिटी एक्सप्रेस मनी ट्रान्सफरद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय अपाङ्गकोषलार्ई रु ५ लाख रकम सहयोग गरेको छ ।

नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा तहगत समाज कल्याण ऐन २०४९ को दफा २६ ले दिएको अधिकार प्रयोग गरि बनाएको “कोष स्थापना र संचालन कार्य व्यवस्था नियमावली २०५५ अन्र्तगत वि.स. २०३९ साल देखि संचालित राष्ट्रिय अपाङ्ग कोषले देशभरीमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको अपाङ्गता पुनसर् थापनाका साथै चौतर्र्फी विकासका लागि शिक्षा, स्वास्थ, रोजगारी र समावेशी समाजका कार्यका लागि समाज कल्याण परिषदद्वारा स्थापित संचालित कोष हो ।

राष्ट्रिय अपाङ्गकोषले वार्षिक १५०० अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक सहयोग सामाग्री जस्तै कृत्रिम हात ,खुट्टा, क्यालिफर, बैशाखी, सेतोछडी, वाकिंग स्टिक, ओर्थाेपेडिक जुत्ता तथा अन्य  आवश्यक सहायक सामग्री उत्पादन एवं वितरण गर्नुका साथै गुणस्तरिय फिजियोथेरापी, अकुपेशनल र परामर्श सेवा उपलब्ध गराउदै आएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले राष्ट्रिय अपाङ्ग कोषसँग सहकार्य गरि बैदेशिक रोजगारीका क्रममा अपाङ्गता भएकाहरुलाई सेवा पु¥याउने उदेश्यले राष्ट्रिय अपाङ्गकोषलार्ई उक्त रकम सहयोग गरेको हो ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १६ वर्षदेखि संसारभरबाट विप्रेषण सेवाप्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend