logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

एनआई सी एशियाको आ.व. २०७९/८० को तेस्रो त्रयमासिक सार्वजनिक


  • जन आकाश
  • बिहिबार, बैशाख ७ २०८०

काठमाडौ । एनआई सी एशिया बैंक लिमिटेडले चालू आ.व. २०७९/८० को तेस्रो त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले आ.व. २०७९/८० को तेस्रो त्रयमास सम्ममा कर्जा व्यवसाय तर्फ कुल कर्जा रकम रू.२७७.७ अर्ब पु¥याउन सफल भएको उल्लेख छ । साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन रू. ३१६.५५ अर्ब पु¥याउन बैंक सफल भएको उल्लेख गरेको छ । बैंकले यस त्रयमास सम्ममा खुद मुनाफा तर्फ रू. ४.०१ अर्ब आर्जन गर्न सफल भएकोे छ, जुन वार्षिक विन्दुगत आधारमा ११प्रतिशतको वृद्धि हो । यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल (च्यभ्) २०.१७ प्रतिशत रहेको छ । साथै, यस बैंकले वार्षिक प्रति शेयर आम्दानी रू. ४६.७६आर्जन गर्न बैंक सफल भएको छ । स्व–पूँजीमा प्रतिफल र प्रति शेयर आम्दानी २१ वटै बाणिज्य बैंकहरूमध्ये अग्रणी रहेको अनुमान बैंकले गरेको छ । बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जा अनुपातलाई तेस्रो त्रयमास सम्ममा ०.८५प्रतिशतमा सीमित राख्न बैंक सफल भएको उल्लेख छ ।



बैंकले आ.व. २०७९/८० को तेस्रो त्रयमास सम्ममा ४.८ लाखभन्दा बढी नयाँग्राहकहरू थपगर्दै ३७ लाख भन्दा बढी ग्राहक महानुभावहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । यसै त्रयमास सम्ममा बैंकले कुलकर्जा लगानीको अंशमा करिब ८७ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका समग्र वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend