logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

नबिल बैंक र बिश्व बिधालयबीच समझदारी


  • जन आकाश
  • शुक्रबार, बैशाख ८ २०८०

काठमाडौं । नबिल बैंक लिमिटेड र पूर्वाञ्चल विश्व विद्यालयबिच वित्तीय कारोबार र विभिन्न तालिमद्वारा मानव संशाधनको वृद्धि बिकासका लागि समझदारी भएको छ । एक कार्यक्रमका बिच दुई निकायका अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।



समझदारी पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगाना र पूर्वाञ्चल विश्व विद्यालयका रजिस्टार नीलमणि पोखरेलले हस्ताक्षर गरेका हुन् । यस समझदारी अन्तर्गत बैंकले विश्व विद्यालय परिसरमा शाखा स्थापना गरी शिक्षक तथा कर्मचारीहरूलाई अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउने विश्व विद्यालयले मानव संशाधनको वृद्धि विकासका लागि तालिम विकासमा सहयोग गर्ने उल्लेख गरिएको छ ।

यो समझदारी दुवै संस्थाका लागि लाभदायक भएको नबिल बैंकका सिइओ ढुंगानाले बताए । ’पूर्वाञ्चल विश्व विद्यालयसँगको सहकार्यले बैंकका कर्मचारीको वृद्धि बिकासमा सहयोग पुग्छ र विश्वविद्यालयका शिक्षक तथा कर्मचारीले पनि सहुलियतदरमा स्तरीय आधुनिक बैंकिङ सेवा पाउने भएकोले समझदारी दुबैको हितमा रहेको छ’ ढुंगानाले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend