logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

प्रभु बैंक लिमिटेड र सिन्की भान्छा घरबीच सम्झौता


  • जन आकाश
  • मंगलबार, बैशाख १९ २०८०

काठमाडौ । प्रभु बैंक लिमिटेड काठमाण्डौं, पुतलीसडक स्थित, सिन्की भान्छा घर बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।



बैंकका तर्फबाट मार्केटिङ्ग विभागका वरिष्ठ प्रबन्धक शेखर राज बास्टकोटी र सिन्की भान्छा घरका तर्फबाट प्रबन्ध निर्देशक वेदानन्द पराजुलीद्धारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

प्रभु बैंक र उक्त भान्छा घरबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले सिन्की भान्छा घरद्धारा सञ्चालित “बे्रकफास्ट, लन्च एण्ड डीनर” सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उक्त सम्झौता अन्तर्गत सिन्की भान्छा घरमा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा,सिन्की भान्छा घरका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend