logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

नबिल बैंकले ल्यायो लाइफटाइम फ्रीक्रेडिट कार्ड


  • जन आकाश
  • बिहिबार, बैशाख २१ २०८०

काठमाडौं । नबिल बैंक लिमिटेडले नबिल लाइफटाइम फ्रीक्रेडिट कार्ड बजारमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकलाई केन्द्रित गरेर नेपालमै पहिलो पटक लाइफ टाइम फ्रीक्रेडिट कार्ड ल्याएको हो ।



यस क्रेडिट कार्डका ग्राहकहरूलाई अरू कार्डमा जस्तै कुनै पनि वार्षिक शुल्क, नवीकरण शुल्क वा अन्य शुल्कहरू नलाग्ने नबिल बैंकले जनाएको छ । यस कार्ड मार्फत ग्राहकले किनमेल गर्न, बिल तिर्न र नगद झिक्ने सबै सुविधाहरू प्राप्त गर्न सक्ने उल्लेख गरिएको छ ।

यो कार्डले ग्राहकलाई सजिलो र सस्तो सुविधा लिन सहयोग पुग्ने बैंककी रिटेल लेन्डिङ युनिट प्रमुख चाँदनी श्रेष्ठले बताइन् । “ हामी हाम्रो लाइफटाइम फ्रीक्रेडिट कार्ड सुरु गर्न पाउँद उत्साहित छौँ र यो कार्डले हाम्रा ग्राहकहरूलाई पहिले भन्दा सजिलो र सस्तो सुविधा प्रदान गर्नेमा हामी विश्वस्त छौँ,”उनले भनिन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend