logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

प्रभु बैंक लिमिटेड र सौभाग्य हस्पिटलबीच सम्झौता


  • जन आकाश
  • सोमबार, बैशाख २५ २०८०

काठमाडौ । प्रभु बैंक लिमिटेड र धनगढी – ०२  कैलाली स्थित सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरका बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।



बैंकका तर्फबाट धनगढी ३१८ शाखा कार्याल यप्रमुख नगेन्द्र रत्न कोइराला र सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरका तर्फबाट अध्यक्ष दिनेश राज जैसीद्घारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

प्रभु बैंक र सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टर बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनु भएका सम्पूर्ण ग्राहक महानुभावहरुले सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरद्धारा सञ्चालित ओ.पि.डी परीक्षण सेवामा १५ प्रतिशत, साथै प्याथोलोजी, एक्स्–रे, यु.एस्.जी, एन्डोस्कोपी, नर्मल बेड, एच्.डी.यु बेड, एसी क्याबिन, सर्जरी, कोलोनोस्कोपी, आइसीयु एन्आइसीयु सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend