जन आकाश
काठमाडौ । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित “हाम्रो विकास प्रवद्र्धन कोष” मार्फत शंखरापुर नगरपालिका वडा नं.०३ ,जहर सिंपौवा,काठमाडौंमा निःशुल्क पाठेघर क्यान्सर परिक्षण तथा स्तनक्यान्सर सचेतना शिविर सम्पन्न गरेको छ ।
उक्त शिविर मार्फत ६५ जनाभन्दा बढी महिलाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । पाठेघरको क्यान्सर जाँच,स्तनक्यान्सर बारे सचेतना, प्रारम्भिक पहिचान र रोकथाम गर्ने उद्देश्यका साथ बैंकले एक दिने स्वास्थ्य शिविर आयोजना गरेको हो ।
जन स्वास्थ्य सरोकार ट्रष्ट, लप्सेफेदी स्वास्थ्य चौकी,काठमाडौं मोडेल हस्पिटल र किर्तिपुर हस्पिटलको सहकार्यमा उक्त स्वास्थ्य शिविर सम्पन्न भएको होे ।
लप्सेफेदी स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा बैंकका तर्फबाट कम्पनी सचिव तथा प्रमुख बजार व्यवस्थापन अधिकृत बलदेव थापा,शंखरापुर नगरपालिका प्रमुख रमेश नापित, शंखरापुर वडा नं.०३ का वडा अध्यक्ष सुर्य बहादुर तामाङ लगायत बिभिन्न संस्था तथा निकायका पदाधिकारीहरु,कर्मचारीहरु, ग्राहक वर्ग तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend