जन आकाश
नेपालका गाउँघर यतिवेला सुनसान बनेका छन् । विहान चिरविर चिरविर चराहरुको आवाज आउने वित्तिक्कै दाउरा घास, मेलापातमा निस्कने मानिसहरु आज गाउँमा छैनन् । गाउँमा स–सना नानीहरु छैनन् । युवा पुस्ताहरु छैनन् । त्यसैले सुनसान बनेका गाउँघरमा अचेल केवल बुढाबुढी वयोबृदाहरु मात्र भेटिन्छन् ।
त्यो पनि ति बयोबृद्धा आमा–बाबुका सन्तानहरुले काठमाडौको शहरमा वा अन्य नेपालगंज, चितवन, पोखरा, बुटवल, विराटनगर, भद्रपुर, दाङ, विरगंज, जनकपुर, लाहान,बेनी, अरुघाट,जस्ता ठाउमा घर बनाउन नसक्ने आमा–बुबाहरु र अमेरिका,ईरोपमा पुगेर गी्रनकार्ड लिन नसकेका, पीआर लिन नभ्याएका छोराछोरीका आमा बुबाहरु मात्र गाउको स्वर्गजस्तो जन्मघरमा बस्ने भाग्यमानी बनेका छन् ।
त्यो स्वर्गजस्तो गाउँ जाहा विहानको चिरविर चराहरुको आवजसँगै उठ्ने वित्तिक्कै सुनगाभाले भरिएको हिमाल देख्न सकिन्छ । माथितिर लालीगुराँश चिमल फुलेर आनान्दको लामो सास फेर्दा पनि दिनभरीको भोक हराउछ । पाखाहरुवाट कालिजका बेगले वारीपरीका गति नापेजस्तै आखाका दृष्टिहरु वारी पारी मानिसहरु मेलापातमा कति जम्मा भएछन् भन्ने संकेत दिईरहेको हुन्छ । पाडा, बाछाहरु ब्या ब्या गर्दा बस्तु दुने बेला भएछ । प्रणी न हो । पाडा बाछालाई भोग लागे जस्तै दुना गाई, भैसी, बाख्राहरुलाई भोक लागेको याद आईहाल्छ ति गाउका मानिसहरु बस्तुलाई घास, पात काट्ने जो गरेर अघिल्लो दिन नै राखेको भए बस्तुभाउलाई घास पात हालिदिने गर्दछन् ।
मलेवाका एकहुल पंछीहरु, ढुकुरका जोडीहरु, लामपुच्छ«ेका बथानहरु, मृगका हुल बाधेर पाखावाट झर्न थालेपछि मेलापातमा जाने वेला भएछ भनेर बुझ्ने गाउले पराम्परा नै हो । यो चलन आजपनि विकटताका बाजबुद पनि त्यही भुगोललाई अगालो हालेर नेपाली केही समुदायले देशको रक्षा गरिराखेकै छन् ।
दिनभरी यही धर्तीको माटोमा कुटो, कोदालो, हलो, जुवा, गोरु लिएर जोत्ने खन्ने विउ रोप्ने पाकेका अन्नपात बटुल्ने किसानको मौलिक जिन्दगी यसरी वितेको हुन्छ ।
बेलुका झयाईकिरीले रात परेको संकेत दिन्छ । रिमरिम उज्यालो हुदै गन्तव्यमा पुग्ने र थन्काथुन्की गरेर भात भान्सामा महिलाले संगाल्ने र गोठ धन्दा पुरुषले संगाल्ने चलनको मौलिकता गाउका टोलहरुले बोकेका थिए । कुनै चाडबाड आउदा युवायुवतीहरु सवै मिलेर गाउमा काम गर्ने, मादल र खैचेडी, डम्फुको तालमा नेपाली मौलिकतामा रमाउने नेपालीहरुको चलन थियो ।
तर अचेल त्यस्तो कुनै गाउमा एदाकदा रहेको भएपनि गाउहरु सुनसान बनिसकेका छन् ।
गाउँघरवाट युवापुस्ताको पलायन दिनानुदिन बढ्दो छ । यो त्यतिकै बढेको भने होइन । पाहाडी र हिमाली क्षेत्रका गाउहरु भौगोलिक विकटता हुनको साथै मानिसले प्रप्त गर्नुपर्ने सेवा सुविधाहरु प¥याप्त नहुदा अवसरको खाजीमा मानिसहरु विशेष गरेर युवा पुस्ताहरु शहर केन्द्रीत, शहर मात्र नभएर विदेश पलायन सम्म हुन पुगेका छन् ।
यसलाई गाउमा बसिरहेका आमा–बुबाहरुको एउटै स्वर छ । बेरोजगार मुख्य सामस्या हो । मौलिक रुपमा गरिरहेका खेतीपातीले बर्षभरी नधान्ने भएकै कारण शहर र विदेशमा युवा युवती गएका र उनिहरुले आफ्ना छोराछोरी पनि उत्तै शहरमा नै पढाउन लगेका कारण गाउँमा बृद्धाबृद्धा मात्र भएका हुन् ।
ति बारीका गरासँग बात मार्ने बृद्धाबृद्धा मात्र छन् । यस्तो समस्या किन आयो, कसरी आयो, कारणहरु के के हुन् । सावधानका उपायहरु अपनायर स्वर्ग जस्ता सुन्दर गाउहरुलाई पुनः ताजकी बनाई योजना ल्याएर नेपाल र नेपालीको रक्षा गर्ने योजना बनाउन आवश्यक छ । यो योजना सरकारले ठुलो योजनाका साथ अगाडी बढाउनुपर्छ । स्वर्ग जस्ता सुन्दर तर रित्ता बनेका गाउमा मानिस बस्ने वातावरण बनाउ सरकार ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend