logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

गोकुलगंगा गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न


  • जन आकाश
  • सोमबार, जेष्ठ १ २०८०

रामेछाप । रामेछापको जिल्लाको गोकुलगंगा गाउँपालिकाले यहि २९ गते सार्वजानिक सुनुवाई सम्पन्न गरेको छ । उक्त अवसरमा चालु आर्थिक वर्ष २०७९/८० को दोश्रो चौमासिक अवधिसम्म ५५.९४ प्रतिशत रकम खर्च भएको उल्लेख गरेको थियो । गाउँपालिकामा शनिबार आयोजित चालु आ.व.०७९/८० को दोस्रो चौमासिक अवधिसम्मको विकास आयोजना तथा कार्यक्रमको प्रभावकारीता तथा सेवा प्रवाहको अवस्था विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा उक्त कुरा जानकारी गराइएको हो ।



सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत होम बहादुर थापाले गाउँपालिकाको समग्र प्रगति प्रतिवेदन सहित आर्थिक क्षेत्रमा सम्पन्न योजना विवरण जानकारी गराउनु भएको थियो ।

प्रमुख प्रशासकिय अधिकृत थापाले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन अनुसार गाउँपालिकाले चालु तर्फ रु ३३ करोड ८७ लाख ८० हजार र पुँजीगत तर्फ रु ३१ करोड ४१ लाख ६६ हजार गरी जम्मा रु ६५ करोड २९ लाख ४६ हजार विनियोजन भएकोमा चालु खर्च तर्फ हाल सम्म रु २२ करोड ५ लाख ९३ हजार ९ सय १४ रुपैयाँ १४ पैसा अर्थात ६५.११ प्रतिशत रकम खर्च भएको छ ।

त्यसैगरी पुँजीगत तर्फ रु १४ करोड ४६ लाख ९६ हजार ४ सय १४ रुपैयाँ ९३ पैसा अर्थात् ४६.०५ प्रतिशत रकम खर्च भएको हो । चालु र पुँजीगत गरी कूल रु ३६ करोड ५२ लाख ९० हजार ४ सय ४ रुपैयाँ ०८ पैसा अर्थात् ५५.९४ प्रतिशत वितीय प्रगती हासिल भएको बताइएको छ ।

उक्त कार्यक्रमा बोल्दै गोकुलगंगा गाउँपालिका अध्यक्ष काजी बहादुर खड्काले पालिकाको विकास र सम्वृद्धिका लागी विभिन्न योजनाहरु बनाएर काम भैरहेको बताउनुभयो । पालिकामा शिक्षा,स्वास्थ्य,खानेपानी,सडक जस्ता विकासमा पूर्वाधारहरुको कामले गति लिएको बताउनुभयो ।

उक्त सार्वजानिक सुनुवाईमा गाउँपालिकाले आगामी दिनमा संचालन गर्ने समग्र विकास निर्माण कार्य एवं सेवा प्रवाहमा अझ बढी प्रभावकारीता र सुधार ल्याउन आम गाउँवासी नागरीकहरुबाट अमुल्य एवं रचनात्मक सल्लाह र सुझावको अपेक्षा गरिएको अध्यक्ष खड्काले बताउनुभयो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी नागरीकहरुले प्रश्न,जिज्ञासा सहित सुझाव सल्लाह दिएका थिए । कार्यक्रममा सहभागी नागरीकहरुले शिक्षा,स्वास्थ्य,कृषि,सडक,पशुपालन,लगाएत गाउँपालिकासँग जोडिएका विभिन्न विषयवस्तुरुमा रहेर प्रश्न गरेका थिए । सहभागीहरुको प्रश्न,जिज्ञासा र गुनासाहरुको जवाफ गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतले दिनुभएको थियो ।

पत्रकारहरुको बाक्लो उपस्थिति रहेका कार्यक्रममा पालिकाका नागरिकहरुको भने उपस्थिति न्युन रहेको थियो । जम्मा जम्मी ३÷४ जना प्रश्नकर्ताले मात्र प्रश्न गरेका थिए । नेपालका स्थानीय तहहरुमा हुने सार्वजनिक सुनुवाई औपचारितामा मात्र सिमित हुने गर्दछन् । तर गोकुलगंगा गाउँपालिकाले केही मात्रमा सुधार गरेर सर्वाजनिकस्थलमा सार्वजानिक सुनुवाई कार्यक्रम गर्ने थिति बसालेको छ । यो अत्यन्तै राम्रो सुरुवात हो । यसलाई निरन्तरता दिदै अझै धेरै भन्दा धेरै स्थानीयको सहभागितामा सार्वजनिक सुनुवाइ गर्न सकेको खण्डमा लोकतन्त्रको सुन्दर पक्ष असल सोच भएका मानिसहरुको पहिचान गर्न सकिन्थ्यो ।

हुनत टोल भेला,गाउभेला वडा भेला हुदै पालिकामा गाउसभाको आयोजना हुने गर्दछ । जसमा टोल टोलमा गर्नुपर्ने कामहरु वडाले गरेको खण्डमा पालिकामा स्थानीय आईरहन नपर्ला तर सवै वडा यस्ता विषयमा अब्बल हुन्छन् भन्ने हुदैन । त्यसकारण स्थानीयको अनिवार्य उपस्थितिमा यस्ता सार्वजनिक सुनुवाई गर्न पाए यसले सार्थकता पाउथ्यो भन्ने विश्वास गर्न सकिन्छ । आउदा दिनमाम यता पार्टी पालिकाले ध्यान देओस् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend