logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

सहकारीमा समस्या आउनुमा हामी त दोषी छैनौ ः नगर प्रमुख केसी


  • जन आकाश
  • बुधबार, जेष्ठ ३ २०८०

म्याग्दी । बेनी नगरपालिकाका प्रमुख सुरज केसीले सहकारीमा समस्या आउनुमा हामी त दोषी छैनौ भन्ने विषयमा आफुहरु सचेत रहेको बताउनु भएको छ ।
  राष्ट्रिय सहकारी बैंकले स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट निर्माणमा सहकारीका क्षेत्रमा काम गर्नका लागि पेश गरेको सुझाव बुझ्दै नगर प्रमुख केसीले यस्तो बताउनु भएको हो ।
  मुलुकमा वित्तीय संकट आएसंगै सहकारी क्षेत्रमा पनि तरलता अभाव देखिएको छ, सहकारीमा देखिएको समस्यामा नगरपालिकाको भूमिका के छ, समस्या आउनुमा हाम्रो भूमिका पो छ कि ? भनेर गंभिरताका साथ अध्ययन गरिरहेको र समस्या समाधानका उपायको खोजी गर्न थालेको नगर प्रमुख केसीले जानकारी दिनुभयो ।
  सहकारीमा समस्या आउनुका कारण बारेमा हामी सामान्यतया जानकार नै छौ, समस्याको पहिचान गर्न, नगरपालिकाको तर्फबाट समस्या समाधानका लागि सहजीकरण गर्न उपप्रमुखको नेतृत्वमा कार्यदल नै बनाएर काम शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।
  नगर उपप्रमुख ज्योती लामिछानेले नगरपालिकाको नियमन क्षेत्र भित्रका सहकारीहरुको अनुगमन गरी सकिएको र देखिएका कैफियतहरुको बारेमा सम्बन्धित संस्थाहरुलाई लिखित सुझाव दिने तयारी रहेको बताउनुभयो ।
उहाँले पहिलो चरणमा हामीले समस्या समाधानका लागि सुझाव दिन्छौ, सहजीकरण गर्छौ, तालिम तथा प्रशिक्षणहरु सञ्चालन गछौ, त्यसो गर्दा पनि सुधार नभएमा कानुनी कार्वाहीमा समेत जाने उहाँले बताउनुभयो ।
  राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले बैंकले प्रस्तुत गरेका सुझावहरुको बारेमा जानकारी गराउदै सहकारीलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि पालिकाहरुले प्रवद्र्धन, विकास र नियमनका क्षेत्रमा ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।
  बैंकका तर्फबाट प्रस्तुत गरिएको सुझावहरु बैकका सञ्चालक जिसी, बैंकको जिल्ला सम्पर्क समन्वय उपसमिति म्याग्दीका संयोजक रमेश गिरी, सदस्य लाल बहादुर अधिकारी, सहकारी बैंक बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठीले नगर प्रमुख केसी र उपप्रमुख लामिछानेलाई हस्तान्तण गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend