logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

गुराँस लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा उपाध्याय नियुक्त


  • जन आकाश
  • बिहिबार, जेष्ठ ४ २०८०

काठमाडौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा विष्णु प्रसाद उपाध्याय नियुक्त भएका छन् । संचालक समितिको मिति २०८० जेठ २ गते बसेको बैठकले मिति २०८० जेठ ३ गते देखि लागू हुने गरि आगामी ४ वर्ष अवधिको लागि उपाध्यायलाई नियुक्त गरेको हो । सिराहा जिल्ला, सिराहा नगरपालिका वार्ड नं १ स्थायी घर भई हाल नयाबानेश्वर, काठमाण्डौं बसोवास गर्दे आएका उपाध्यायले नेपाल इन्स्योरेन्स कम्पनीमा उप प्रबन्धक, प्रबन्धक र वरिष्ठ प्रबन्धक हुर्दै प्रमुख कार्यकारी अधिकृतसम्म गरी २१ वर्ष तथा नेपाल पुनर्बीमा कम्पनीमा पुनर्बीमा विज्ञ र कम्पनी सचिवको जिम्मेवारीमा रही ४ वर्षको कार्यानुभव हासिल गरेका छन् । व्यवस्थापन संकायबाट स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका उपाध्यायको उच्च स्तरीय नेतृत्व क्षमता र कार्यानुभवले गुराँस लघुवित्तको प्रगतिले नयाँ उचाई लिने अपेक्षा गरिएको छ ।



धनकुटा जिल्ला धनकुटा नगरपालिका वडा नं. ७ धनकुटा बजारमा केन्द्रीय कार्यालय र बुढीगंगा गाउँपालिका वडा नं. १ पुष्पलालचौक विराटनगर, मोरङ्गमा कर्पोरेट कार्यालय रहेकोे वित्तीय संस्थाले कोशी प्रदेशका १२ वटा जिल्लाहरुमा ३३ वटा शाखा कार्यालय मार्फत २० हजार भन्दा बढी परिवारलाई लघुवित्त सेवा उपलब्ध गराउँदै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend