जन आकाश
गाउँको बजारमा एउटा सानो छाप्रो होटल थियो, एस एल सि परिक्षा पछि उनिहरुले निर्णय गरे कि त्यो होटलमा गएर चियानास्ता खानुपर्छ।
यी ४ जनाले मुस्किलले ४० रुपैयाँ उठाए र शनिबार दिउँसो २ बजेतिर त्यस होटलमा पुगे। मनोज, सन्तोष , योगेन्द्र र प्रमोद चिया नास्ता खाँदै गफ गर्न थाले।
चारैजनाले सर्वसम्मतिले निर्णय गरे (३५ वर्षपछिको बैशाख १ गते यही होटलमा भेट्नेछौं। तबसम्म हामी सबैले धेरै मिहेनत गर्नुपर्छ, यो हेर्नलाई कौतुहल रहोस् कि कसले कति प्रगति गर्यो ?
त्यस दिन सबैभन्दा अन्तिममा जो होटलमा आइपुग्छ त्यसैले त्यो दिन हामी सबैले खाएको बिल तिर्नुपर्छ। उनिहरुलाई चिया नास्ता ल्याइदिने कान्छाले यो सबै सुनिरहेको थियो। उसले भन्यो,म तपाइँहरुको प्रतीक्षामा म बसिरहेको हुनेछु।
त्यसपछि उच्चशिक्षाको लागि चारै जना छुट्टिए मनोजको बुबाको जागीर सरुवा भएपछि उ त्यस गाउँबाट बुबासंगै शहर गैसकेको थियो।
सन्तोष अगाडिको पढाइको लागि आफ्नो काकाको घर काठमाडौ गएको थियो। योगेन्द्रले जिल्लाकै क्याम्पसमा पढ्न थाल्यो। प्रमोद पनि जिल्ला छोडेर अन्तै पढ्न गयो। दिन, महिना, वर्ष बित्दै गए, ३५ वर्षमा गाउँमा आमूल परिवर्तन भएको थियो (गाउँको जनसंख्या बढ्यो, गाउँबाट गाउँपालिका भयो, सडक, बिजुली, हस्पिटल, फार्मेसी, क्याम्पस बोर्डिङ स्कुलले पुरै गाउँ सानोतिनो शहर नै भैसकेको थियो।
त्यो झुपडी होटल च्ऋऋ होटल भैसकेको थियो, वेटर कान्छा अब मालिक भएर कान्छासाहु बनेको थियो। ३५ वर्षपछि,निर्धारित मिति बैशाख १ गते दिउँसो,एउटा लक्जरी कार होटलको बाहिर रोकियो।
मनोज कारबाट उत्रियो र होटलको मिटिङ हलमा गयो, मनोजसँग अब ७ वटा ज्वैलरी शोरुम छ। मनोज होटल मालिक कान्छा साहु नजिक पुग्यो र दुइले एकअर्कालाई हेर्न थाले, कान्छा साहु,योगेन्द्रसरले तपाईंको लागि एक महिना देखि नै एउटा टेबुल बुक गर्नुभएको छ।
मनोज मनमनै खुशी भयो, यी ४ जनाभन्दा म अगाडि आएँ, त्यसैले उसले आजको खानाको बिल तिर्नुपर्दैन र यसै बापत आफ्ना साथीहरूलाई हँसीमजाकको रुपमा खिल्ली उडाउन पनि पाउँथ्यो (म अगाडि आएँ भनेर।
एक घन्टा पछि सन्तोष आइपुग्यो, ऊ ठूलो बिल्डर बनेको थियो। आफ्नो उमेरको हिसाबले उ अब एक समृध्द जेष्ठ नागरिक जस्तै लथ्यो।
अब दुई जना कुरा गर्न थाले र अरु दुई साथीको पर्खाइमा थिए, तेस्रो साथी प्रमोद आधा घन्टा पछि आयो उसँग कुरा गरेपछि थाहा भयो कि प्रमोद व्यापारी बनेको थियो।
तीनै साथीहरुको आँखा बारम्बार ढोका भए ठाउँमा पुग्थ्यो (योगेन्द्र कतिबेला आउँछ यति पर्खाइपछि कान्छा साहुले भन्यो, योगेन्द्र सरको तर्फबाट एउटा म्यासेज आको छ, तपाइँहरूलाई चिया (नास्ता गर्दै गर्न भन्नुभको छ, उहाँ आउँदै हुनुन्छ।
तीनैजना ३५ वर्षपछि एकार्कासँग भेटेर खुशी थिए। घन्टौंसम्म हँसीमजाक चली रह्यो, तर योगेन्द्र आएन। कान्छा साहु,फ़ेरि योगेन्द्र सरको म्यासेज आको छ( ूतपाइँहरु मेन्यु हेरेर आफूलाई मनपर्ने खाना खान सुरु गर्नुहोस् ।
खाना खाए, तब पनि योगेन्द्र आएन खानाको बिल माग्ने बेला तीनै जनालाई जवाफ आयो बिल अनलाइन भुक्तान भैसकेको छ।बेलुकाको ६ बजे एक युवक कारबाट उत्रियो र गरुँगो मनले ३ जना मित्रहरु हुने ठाउँ पुग्यो, तीनैजना साथी त्यो युवकलाई हेर्न थाले।
युवक म तपाइँहरूको साथी योगेन्द्रको छोरा रुपेश कार्की हुँ। बुबाले मलाई आज तपाइँहरू आउने कुरा भन्नुभएको थियो, उहाँलाई यही दिनको प्रतीक्षा थियो, तर अघिल्लो महिना उहाँको स्वर्गवास भयो। उहाँले मलाई ढिलो होटलमा जानू भनेर भन्नुभयो, यदि म छिटो आएको भए तपाइँहरू दुखी हुनुहुन्थ्यो, ३ जना एकअर्कामा हँसीमजाक खुशी साटासाट गर्नुहुन्न थियो। जब मेरो साथीहरुले थाहा पाउनेछन् (म यो संसारमा छैन भनेर तब उनीहरु एकार्कामा भेटेर खुशी हुने मौका गुमाउनेछन्। त्यसैले उहाँले मलाई अन्तिममा जान भन्नुभएको थियो। बुबाले मलाई उहाँको तर्फबाट तपाइँहरू सबैसँग अंकमाल गर्नु भनेर पनि भन्नुभएको छ।
रुपेशले दुई हात फैलाइदियो।वरिपरिको मान्छेहरु उत्सुकताले यो दृश्य हेरिरहेका थिए, उनीहरुलाइ लाग्यो (युवकलाई काहिं त देखेका छौं ?
रुपेश, मेरो बुबा शिक्षक बन्नुभयो र मलाई पढाउनुभयो, आज म यस जिल्लाको सिडिओको रुपमा रहेकोछु।
सबैजना चकित भए, कान्छा साहुले भन्यो अब ३५ वर्षपछि होइन, प्रत्येक ३५ दिनमा हामी हाम्रो होटलमा बारम्बार भेटघाट गर्ने छौं, र प्रत्येक पटक मेरो तर्फबाट एउटा भव्य पार्टी दिन्छु।
आफ्ना आत्मियजनसँग भेटघाट गर्दै गर्नुहोस् साथीभाई सँग भेटघाट गर्नको लागि वर्षौं नपर्खनुहोस्, मरिलाने केहि छैन । साथी भाइ इष्ट मित्र सबैसङ्ग समय समयमा भेट्ने गरौं ।भेट्नको लागि कुनै बहाना नबनाउनुहोस दिनमा ब्यस्त भएपनि साझमा भेटौ ।
थाहा छैन कसको यो संसारबाट छुट्टिने दिन कतिबेला आउछ । परिवारको साथमा बस्नुहोस्,आफू ज्यूँदो हुनुको आनन्द महसुस गर्नुहोस् जिन्दगीमा रमाउनुहोस रमाउनुको आनन्द भिन्नै हुनेछ २ दिनको जिन्दगी कस्ले के देखेको छ र भबिस्यको कुरा सबैको जय होस ।
ईन्दिरा धमलाः उदयपुर कटारी
हाल काठमाडौ । लेखक यसै जन आकाश मिडिया अन्र्तगतको जन आकाश साप्ताहिकको सम्पादक हुनुहुन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend