logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार हुँदै


  • जन आकाश
  • सोमबार, जेष्ठ ८ २०८०

काठमाडौं ।  लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार आज हुँदै छ ।



मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एकरएक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।  नयाँ मन्त्रीको रुपमा दाङका राजु खनाल, बाँकेका भण्डारीलाल अहिर र रुपन्देहीका चन्द्रकेश गुप्ताको सम्भावना रहेको मुख्यमन्त्री चौधरी निकट स्रोतले बतायो ।

नेपाली कांग्रेसका खनाल दाङ क्षेत्र नम्बर २ (१) बाट, जसपाका अहिर बाँके क्षेत्र नम्बर २ (१)बाट र जनमत पार्टीका गुप्ता रुपन्देही ५ (२) बाट प्रदेश सभामा निर्वाचित भएका थिए ।

लुम्बिनी प्रदेश सरकारमा हाल माओवादीका धनबहादुर मास्की अर्थमन्त्री तथा लोसपाका सन्तोषकुमार पाण्डेय र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी विनाविभागीय मन्त्री छन्

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend