जन आकाश
काठमाडौ । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्ड वाहक मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन काठमाडौंको विशालनगरमा स्थित “अरोगिन हेल्थ केयर प्रा. लि” (Arogin Health Care Pvt. Ltd) सँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड वाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले काठमाडौंको विशालनगरमास्थित“अरोगिन हेल्थ केयर प्रा.लि”मा विभिन्न सेवा सुविधाहरुमा विशेष ४५% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
अरोगिन हेल्थ केयरले प्रदान गर्ने सेवाहरुमा कपाल प्रत्यारोपण, कपाल झर्ने समस्याको उपचार लगायत छाला, दाँत सम्बन्धी समस्याको हेरचाह सँगै अन्य विभिन्न सुविधाहरु रहेको छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध अन्य जुनसुकै बैंकको ATM Machine बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend