logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

मधेश सरकारमा मन्त्रालय भागबण्डाको विषयमा छलफल सुरु


  • जन आकाश
  • सोमबार, जेष्ठ ८ २०८०

काठमाडौं । मधेश सरकारमा मन्त्रालय भागबण्डाको विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सोमबार दिउँसो साढे २ बजे सुरु भएको बैठकमा मन्त्रिपरिषद विस्तारको विषयमा छलफल हुने सत्ता गठबन्धनका एक नेताले बताए ।



राष्ट्रपति चुनावपछि काठमाडौंमा फेरिएको सत्ता समीकरणपछि २२ चैतमा नेकपा एमालेले सरकार छाडेको थियो । त्यसपछि मधेश सरकारका ४ वटा मन्त्रालय खाली छ । मुख्यमन्त्रीले हालै मन्त्रालयहरुको पुनर्संरचना र कार्यक्षेत्र हेरफेर पनि गरेका छन् । जसले गर्दा मन्त्रिपरिषदमै रहेका ४ मन्त्री मन्त्रालयविहीन छन् ।

मुख्यमन्त्री सरोजकुमार यादव निकट स्रोतका अनुसार मुख्यमन्त्री कार्यालय र अर्थ मन्त्रालयबाहेकका अरु मन्त्रालयहरुको कार्यक्षेत्र हेरफेर गरेर मन्त्रालयहरु फेरि पुनर्संरचना हुन सक्नेछ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend