logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरको अन्तिम सम्झौता


  • जन आकाश
  • सोमबार, जेष्ठ ८ २०८०

काठमाडौ । लक्ष्मी बैंक र सन्राइज बैंकबीच मर्जर सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको छ । आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकको तर्फबाट सञ्चालक दिनेश पौड्यल तथा सन्राइज बैंकको तर्फबाट सञ्चालक  इच्छराज तातेडले मर्जर सम्बन्धी अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।



ड्यु डिलिजेन्स अडिटरको प्रतिवेदनका आधारमा दुवै बैंक १ः१ को स्वाप रेसियोमा मर्ज हुनेछन् । मर्ज भएपछि बन्ने संस्थाको नाम लक्ष्मी सन्राइज बैंक लिमिटेड हुनेछ भने लक्ष्मी बैंकका हालका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत र हुनेछन् । गाभिएपछि बन्ने बैंकको सञ्चालक समितिको प्रथम बैठकले सञ्चालक समितिको अध्यक्षको चयन हुनेछ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend