जन आकाश
मोहन कार्की ।
काठमाडौ । नेपालमा केही हप्ता अगाडी नक्कली भुटानी शणार्थीको बिषयमा निक्कै ठुलो स्क्याडल अर्थात उउटा हुइम चल्यो जसमा नेपालका उपप्रधानमन्त्री, गृहमन्त्री भइसकेकाहरु समेत त्यस काण्डमा मुछिएर धमाधम पक्राउ परिरहेका वेला अर्को हुइम नेपालका हिन्दुत्वको लागि भारतको सरकारको नेतृत्व गरिरहेको भारतीय जनता पार्टी(भाजपा) को सहयोग रहेको अमेरिकी विदेशमन्त्रीले बताए पछि नेपालको बिषयमा भारतले समेत विज्ञप्ति प्रकाशन गर्न बाध्य भयो ।
त्यसैले नेपालमा अहिले जे भईरहेको छ । त्यो नेपालको कानुन, नेपालको व्यवस्था अनुसार भईरहेको छैन भन्ने प्रमाणहरु यिनै हुन संसारको सवैभन्दा शक्तिशाली भनेर चिनिने अमेरिकाले अप्रत्यक्ष नेपालमा आफ्ना गतिविधि गर्दै आएको कम्युनिष्ट छदमभेषीले आरोप लगाउदै आएका थिए । त्यसमा कति सत्यता थियो थिएन नेपाली जनताले जान्दैनन् । तर पछिल्लो नक्कली भुटाणी शणार्थी प्रकरण र नेपालका हिन्दु राष्ट्र कायम गर्न हिन्दुत्वको वारेमा बोल्ने नेताहरुलाई भाजपाले पैशा दिन्छ भन्ने अमेरिकाको विदेश मन्त्रालयको प्रतिवेदन पनि नेपालका कम्युनिष्टहरुले अञ्जानको भरमा लगाउने आरोप जस्तै देखिएको छ । त्यस्ता नेपालमाथि लगाईएको अमेरिकी झुठ अभिव्यक्ति, प्रतिवेदमा नेपाली जनता विश्वास गर्दैनन् ।
त्यो विश्वास गर्न नसक्ने आधारहरु नेपालीहरुको यस्तो छ । नेपालका बहुसंख्यामा हिन्दु धर्मालम्बीहरु रहेका छन् । नेपालीहरुको आफ्नै पन छ । आफ्नै मौलिक संस्कृति छ । कोही बुद्धिस्ट छन् । कोही किरात छन् । कोही मुस्लिम छन् । तर सवै जातजाति भाषाभाषी याहा मिलेर बसेका छन् । नेपालको मौलिक सस्कृति काहीवाट किनेर ल्याएको होइन । नेपाली समुदायको परापुर्वकाल देखि आफैले मान्दै आएको धर्म सस्कृति हो । नेपालमा कुनैपनि राष्ट्रले धर्मको लागि पैशा दिएर हिन्दुत्व, बुद्धत्वको रक्षा गर्नुपर्ने जरुरत नै छैन । जसरी क्रिश्चियन मुलुलक स्पेन, नेदरल्याण्डतिर क्रिश्चियन बन्नलाई कुनै राष्ट्रले पैशा दिएर भ्याटिकन सिटी बनेको होइन ।
त्यस्तै नेपालको काठमाडौ तेत्तिस कोटी देव देवलायहरुको देवभुमि त्यतिकै बनेको होइन नेपालीका पुर्खहरुले त्यतिवेला दैविक शक्तिको रुपमा आर्जन गरेको ज्ञानले ३३ हजार सुन्दर मुर्ति कुदेर बनाएका मानव सभ्याताहरु छन् । कतिपय नेपालका मुर्तिहरु अमेरिकाका सग्राहलयमा समेत भेटिने हुदा त्यसले पनि नेपालीको सभ्यता कति पुरानो हो भन्ने त्यसले पनि पुष्टि गर्छ । अर्को मानव सभ्यताको शुरुवातमा नेपाली समुदायको पहिचान भएदेखि नै मल्ल, महिषपाल,किरात, राजवंशी, शाह, राणा हुदै परापुर्वकाल देखि नेपाली समुदायको बहुसंख्याको रुपमा हिन्दुत्व रहेको छ । किराताहरुले मान्ने उभोली उद्यौली प्राकृतिक पुजक देखि खस आर्य राजा पृथ्वि नारायण शाहले १८२५ मा राज्य एकीकरण गरेर मनाउदै आएको हिन्दु धर्म मान्दै नेपाली समुदाय भित्रको मुख्य धर्मको रुपमा रहदै आएको छ । यसै धर्मको आधारमा नेपालका पर्वहरु एक अर्कामा अन्तर सम्बन्ध राख्दछन् ।
त्यसकारण कुनैपनि देशले नेपालको धर्मको लागि राजनीतिक दललाइ पैशामा किनेर धर्मको रक्षा गर्नुपर्ने कुनै आवश्यक्ता नै छैन । यस्ता कुराहरु नेपालको बिषयमा सर्वजानिक गरेर हुइम फैलाउनु अमेरिकाले नेपालमा प्रत्यक्ष निगरानी छ भनेर देखाउन खोजिएको शक्ति पर्दशन माात्र हो । यसलाई नेपाली जनताले यस्तै दृष्टिवाट हेर्ने गरेका छन् । अर्को तर्फ नेपाल स्वतन्त्र सर्वभौमसत्ता प्रतिको अमेरिकी दृष्टिदोष मात्र हो । हुनत अमेरिकी राष्ट्रले संयुक्त राष्ट्रसंघमा नेपाललाई सदस्य राष्ट्रको रुपमा समर्थन गरेको इतिहाँस पनि नेपालीले भुल्न सक्दैनन् । तर आफ्नो सर्वभौमसत्ता सम्पन्न राष्ट्रको बिषयमा यो गौण हुन्छ ।
त्यसकारण अमेरिकाले नेपालमा हिन्दुत्व रक्षाको लागि भाजपाले नेपालका नेताहरुलाइ पैशा दिएको अभिव्यक्ति, प्रतिवेदन नेपालका लागि मान्य हुने बिषय होइन त्यसैले विश्वको शक्तिशाली राष्ट्र अमेरिका नेपालका नेपालीहरुको असल मित्रको रुपमा रहेको छ । असल मित्रता कायम राख्न अञ्जानवस गरेको गल्ती अमेरिकाले सच्याउनुपर्छ ।
त्यसो गर्न नसक्ने हो भने अमेरिकी राष्ट्रका उच्च निकायमा रहेका व्यतिहरुले गरेको गल्तीको भागिदार अमेरिकी राष्ट्र बन्नु पर्ने दिनहरु आउन सक्छन् ।
त्यसकारण अमेरिकी आखाँमा देखिएको समस्या विश्वको उकृष्ट डाक्टर नेपालका सन्दुक रुइतकोमा आएर तिलगंगा आखाँ अस्पतालमा जचाउनु पर्छ । आखाँ स्वस्थ भएपछि तिलगंगा नजिकै रहेको हिन्दुत्वको आर्दश पशुपतिनाथ मन्दिरमा नेपालीहरुले र विश्वका हिन्दु, बौद्ध धर्मालम्बीहरुले दैनिक कति दर्शनार्थीहरुले दर्शन गर्दा रहेछन् हेरेर सत्यतालाई स्वस्थ भएको आखाँले हेरेर सत्यतामा विश्वास गर्नुपर्छ । गल्ती भईसकेको कुरालाई सच्याउनुपर्छ । नेपाली जनताको चाहाना त्यो छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend