जन आकाश
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान भाषा ,साहित्य ,संस्कृति ,दर्शनशास्त्र र सामाजिक शास्त्रको सर्वोच्च निकाय
नेपाल प्रज्ञा-प्रतिष्ठानको वर्तमान कार्यसमितिले बृहत् रूपमा प्राज्ञिक कार्यसम्पादन गरिरहेको छ।

त्यसैअनुरूप नेपाल वैकल्पिक अध्ययन समाजसँगको सहकार्यमा “भ्रष्टाचारको अर्थ राजनीति” विषयक विमर्श कार्यक्रम सम्पन्न गर्यो।
नेपाल प्रज्ञाप्रतिष्ठानका माननीय कुलपति भूपाल राईले सांस्कृतिक आयामको विश्लेषण नगरी भ्रष्टाचारलाई बुझ्न सकिँदैन ।भ्रष्टाचार न्यायिक ,प्राज्ञिक,नीतिगत ,वैचारिक र संस्थागत लगायतका अनेकौँ रूप र स्वरूपमा प्रकट हुने गर्दछन् ।तिनको निर्मुल पार्न सके मात्रै देशको समुन्नति हुने छ भन्नुभयो ।
सो विषयमा नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले कार्यपत्र प्रस्तुत गर्दै सार्वजनिक ओहोदामा रहेका व्यक्तिहरूले अनुचित ढङ्गबाट आर्जन गरेको सम्पत्ति नै भ्रष्टाचार हो ।नेपालमा भ्रष्टाचार अम्मल जस्तै बनेको छ । यसको नियन्त्रण र नियमन कडाइका साथ गरिनुपर्नेमा जोड दिनुभयोे । कार्यपत्रमा भ्रष्टाचारको परिभाषा,स्वरूप,राष्ट्रिय र अन्तर्राष्ट्रिय तहका संस्थागत भ्रष्टाचारहरूबारे उल्लेख गरिएको छ।
यसैक्रममा न्यायाधीश बलराम केसीले नीतिगत भ्रष्टाचार तीव्र रहेको छ ।यसको खारेजी र भ्रष्टाचारीको सामाजिक बहिष्कार अनिवार्य छ भन्नुभयो । ,वरिष्ठ पत्रकार गुणराज लुइँटेलले नेपालमा भ्रष्टाचारको इकोसिस्ट चलिरहेको छ ।नीतिगत भ्रष्टाचार पनि त्यतिकै मौलाइरहेको छ भन्ने धारणा राख्नुभयो ।त्यस्तै महिलाअधिकारकर्मी नितु पोखरेलले भ्रष्टाचारको कुनै लिङ्ग र भूगोल हुँदैन ।
राज्य असफल हुनुमा भ्रष्टाचार प्रमुख कारण रहेको बताउनुभयो।कार्यक्रममा सहभागी विभिन्न व्यक्तिहरूको जिज्ञासाबारे कार्यपत्र प्रस्तोता क्षेत्रीले जवाफ दिनुभयो। राजनीतिक विश्लेषक तथा संविधानसभा सदस्य हरि रोकाले कार्यक्रमको सञ्चालन गर्नुभयो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend