logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

परराष्ट्रमन्त्री खनाल र फ्रान्सकी नवनियुक्त राजदूतबीच शिष्टाचार भेट


  • जन आकाश
  • बुधबार, कार्तिक १२ २०८३

काठमाडौं । नेपाल र फ्रान्सबीच हवाई सेवा, जलवायु परिवर्तन तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।



परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रान्स्वाज पुइगिन्जाबीच परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सहयोग अभिवृद्धिबारे छलफल भएको हो।

भेटमा मन्त्री खनालले राजदूत पुइगिन्जालाई नियुक्तिका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।

दुवै पक्षबीच आपसी हितका विषयका साथै हवाई सेवा, जलवायु परिवर्तन, वैज्ञानिक अनुसन्धान र बहुपक्षीय सहकार्यका क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा कुराकानी भएको जनाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend